- Loading...
मराङमा घुम्ती शिविर
- पुनहिल डट कम
- ५ साल अघि
- ३३३ पटक पढिएको
धौलागिरी गाउँपालिका, ६ मराङको कुम्रि स्थित वडा कार्यालयमा संञ्चालित एकिकृत घुम्ती शिविरबाट ८३ जनाले नागरिकता पाए ।
भौगोलिक रुपमा विकट र दुर्गम मराङमा धौलागिरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा सञ्चालित शिविरमा सदरमुकाम झरेर नागरिकता बनाउन नसक्ने अवस्थाका ७० वटा नयाँ र १३ वटा प्रतिलिपि नागरिकता वितरण भएको हो । ५१ जना जेष्ठ नागरिक र चार जना अपाङ्गले परिचयपत्र पाए । शिविरमा बेनी अस्पतालका चिकित्सक समेतको स्वास्थ्य टोलीले ७७ जनाको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि र निर्वाचन कार्यालयले ५७ जनाको तस्विर सहितको मतदाता नामावली दर्ता गरेको गाउँपालिकाले जनाएको छ । शिविरमा धौलागिरी गापा, ७ मल्कवाङवासीले समेत लाभ लिएका हुन ।
जिल्लाको दुर्गम धौलागिरी गाउँपालिकाको पनि दुर्गम र ओझेलमा परेका वडा ६ मराङ र ७ मल्कवाङवासीलाई घरदैलोमा सरकारी सेवा पु¥याउने उद्देश्यले गाउँपालिकाले बजेट विनियोजन गरी शिविर चलाएको हो । गाउँपालिकाले गत कात्तिकमा वडा १ गुर्जा र २ लुलाङ्मा छुट्टै एकिकृति घुम्ती शिविर संञ्चालन गरेको थियो ।
‘घुम्ती शिविरबाट सदरमुकाम पुगेर नागरिकता, जेष्ठ नागरिक तथा अपाङ्गता परिचय पत्र लिन नसक्दा सामाजिक सुरक्षा भत्ताबाट बन्चित बृद्धबृद्धा, अपाङ्गलाई लाभ पुगेको छ’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘जिम्मेवारी सम्हालेका ब्यक्ति सदरमुकाममा मात्र बस्दा दुरदराजका एउटा तप्का सँधै बन्चितिमा परिरहन्छ । सरकारको महसुस हामी जनप्रतिनिधी र प्रशासक÷कर्मचारीले नै दिलाउने हो ।’