FLASH NEWS
- Loading...
लोकदिप सहकारीद्वारा बौद्धिक अपाङ् विद्यार्थीलाई न्यानो कपडा वितरण
- पुनहिल डट कम
- ३ साल अघि
- २४५ पटक पढिएको

बेनी स्थित लाेकदीप वचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत बेनपा–६, बगुवाखोलास्थित बालजागृति आधारभुत विधालयमा अध्ययनरत १२ जना बौद्धिक अपाङ् विद्यार्थीलाई न्यानो टोपी, मोजा तथा बेनपा–४ सिंगामा अवस्थित धौलागिरी माविका १६ जना बहिरा विद्यार्थीहरूलाई टोपी, मोजा, हाइनेक सहयाेग गरेकाे सहकारीका अध्यक्ष हरिकृष्ण गौतमले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीकी उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठ, सदस्यहरू अर्जुन पौडेल, भिमनाथ शर्मा,बालजागृति आमाविका प्रअ धनबहादुर खत्री, धौलागिरी माविका प्रअ डण्डपानी सापकोटा, शिक्षा विकास तथा समन्वय इकाईकी समावेश शिक्षा कार्यक्रम संयोजक कल्पना केसी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस