- Loading...
रघुगंगा गाउँपालिकाले जीप दुर्घटनामा मृतकका परिवारलाई किरिया खर्च र घाईतेलाई उपचार खर्च दिने
- पुनहिल डट कम
- ३ साल अघि
- २२७ पटक पढिएको

रघुुगंगा गाउँपालिकाले जीप दुर्घटनामा ज्यान गुमाएका मृतकको परिवालाई किरिया खर्च वापत जनही ५० हजार र घाईतेको उपचारमा जनही एक लाख रुपैयाका दरले सहयोग गर्ने भएको छ ।
सोमबार साँझ सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका, १ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप सोही गापा, १ घाप्पा भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा वडासदस्य गौमायाँ विक, चालक दुतबहादुर थापा, खिमनाथ शर्मा र खिम पुनको मृत्यु भएको थियो ।
रघुगंगा गाउँपालिका कार्यपालिकाको मंगलवार विहान आकस्मिक वैठकवसी मृतकका परिवारलाई किरिया खर्च र घाईतेको उपचारमा जनही एक लाख सहयोग गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी दुर्घटनामा मृत्यु भएकी वडासदस्यसमेत मृतकहरुको सम्झनामा गाउँपालिका कार्यालय मंगलवार एक दिन विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
दुर्घटनामा परि स्थानीय वेगका मनोज पुन, भीम फगामी, बलबहादुर विक र ज्ञानबहादुर शेरपुजा गम्भीर घाईते भएका थिए । गम्भीर घाईते शेरपुजाको पोखरा स्थित मणीपाल शिक्षण अस्पतामा उपचार भैरहेको छ ।
उकालो सडकको साँघुरो घुम्तीमा वोलेरो जीपले टर्निङ लिन नसक्दा सडकदेखी अन्दाजी ५० मिटरतल जंगल भएको खोल्सामा खसेको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
