- Loading...
रेशमबहादुर बानियाँको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्धवारी घोषणा
- पुनहिल डट कम
- ३ साल अघि
- २६४ पटक पढिएको

नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन ।
बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका रेशम बानियाँ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधीमा अल्पमतमा परेपनि केन्द्रीय सदस्यमा भने अधिकाँशले अाफुलाइ मत दिने विश्वासमा छन । पाैडेल समेत शिर्ष नेतृत्वले केन्द्रीय सदस्यमा सघाउने हरियाे संकेत दिएपछि बानियाँ संस्थापन इतर समुहको प्यानलबाट चुनावी मैदानमा उत्रन तयारीमा छन् ।
बानियाँले जिल्लाबाट सभापति समेत २७ जना महाधिवेशन प्रतिनिधी छनाैट भएपनि जिल्लाकाे एलायन्स केन्द्रीय सदस्यमा कायम नहुने विश्वास रहेकाे बताए । उनले महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने र आफूले केन्द्रीय सदस्य जित्ने दाबीसमेत गरेका छन्। बि.स २०३६ सालमा भएको जनमत संग्रहबाट कलिलै उमेरमा राजनीतिमा होमिएका बानियाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।
उनले २०४७ सालमा गठन भएको कांग्रेस जिल्ला तर्दथ समितिको सहसचिव, नेविसंघ जिल्ला सभापति, केन्द्रिय सदस्य हुदै २५ बर्षको कलिलै उमेरमा सदरमुकाम बेनीबजार रहेको अर्थुङ्गे गाविसको अध्यक्षमा समेत निर्वाचित भएका थिए । पार्टीमा दुई कार्यकाल सचिब, दुई कार्यकाल उपसभापति हुदै एक कार्यकाल पार्टीको जिल्ला सभापतिको नेतृत्व समेत गरिसकेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
