FLASH NEWS
  • Loading...

जिल्ला प्रशासन कार्यालयले अवदेखी राहदानी फारम संकलन नगर्ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०३ पटक पढिएको
जिल्ला प्रशासन कार्यालयले अवदेखी राहदानी फारम संकलन नगर्ने

जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट विधुतिय राहदानी (इ–पासपोर्ट) वितरण नहुँदासम्मकालागी मेसिन रिडेवल राहदानी (एमआरपी)फारम संकलन कार्य वन्द गरेको छ ।
राहदानी विभागको च नं ६०४ पत्रसंख्या २०७८/०८/२ को पत्रको हवला दिंदै सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तद्धारा हस्ताक्षरित सूचना जारी गरी जिल्ला प्रशासन कार्यालयमा संकलन हुँदै आएको एमआरपी फारम संकलन अनिश्चित समयसम्मकालागी बन्द गरिएको जनाएको हो ।


प्रशासन कार्यालयले अति जरुरी भए कारण र प्रमाण पेश गरी राष्ट्रिय परिचय पत्र फारम भरी प्रशासन कार्यालयको शिफारिससहित राहदानी विभागमा मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लिन सकिने पनि उल्लेख गरेको छ ।