FLASH NEWS
  • Loading...

माओवादी केन्द्र म्याग्दीकाे ३० वटा वडामा अधिवेशन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७५ पटक पढिएको
माओवादी केन्द्र म्याग्दीकाे ३० वटा वडामा अधिवेशन

माओवादी केन्द्र म्याग्दीले जिल्लाका ४५ वटा मध्य शनिबार २२ वटा वडा सहित ३० वटा वडामा अधिवेशन गरी नयाँ नेतृत्व चयन गरेकाे जनाएको छ ।

माओवादी केन्द्र म्याग्दीका अनुसार शनिवार सम्पन्न अधिवेशनबाट मंगला गापा, ४ मा दलबिर पुन, ५ मा अस्तमान घर्ति, रघुगंगा गापा, १ मा खिम पुर्जा, २ मा वालकृष्ण कटुवाल, ३ मा  रमेश शर्मा, बेनी नपा, ६ मा यादब सुबेदी, ७ मा बिजय किसान, ८ मा मोहन बरुवाल, ४ भगवान खड्मारका,  १ मा हिराबहादुर बोगटी,  ९ मा सुर्यप्रकाश बानिया, २ कृष्ण कार्की , १० मा केशबहादुर बस्याल, ५ मा बिज्ञान केसी अध्यक्ष चयन भएका छन ।

त्यसैगरी अन्नपूर्ण गापा, ५ मा उदिप्रसाद पाइजा, ६ मा टिकबहादुर बरुवाल,  ७ मा नन्दबहादुर पुन अध्यक्ष चयन भएका छन । मालिका गापा, ५ मा रबिन्द्र राना, ३ मा मोतिप्रसाद बुढा, ४ मा रेशम पुनको अध्यक्ष निर्वाचित भएकाे माअाेवादी केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार  मंगला १, २ र ३, रघुगंगाको ५, ६, बेनी नपा३, धवलागिरी गापा, २ र मालिकाको २ नम्बर वडाको यस अघि सम्पन्न भैसकेका छन । १५ वटा  वडा अधिवेशन बाँकी छ । तस्वीर साैजन्य ः सन्ताेष गाैतम