- Loading...
विप्लव माओवादीको धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
- पुनहिल डट कम
- ३ साल अघि
- २५४ पटक पढिएको

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले कार्यालय ब्यवस्थापनमा भएको अबरोध र पत्रकारहरुलाई दिइएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गामा कार्यालय ब्यवस्थापनका लागि सहजिकरण गरिदिन अनुरोध सहित पत्राचार गरिएको बिषयमा समाचार प्रकाशन प्रशारण गरेको भन्दै शाखाका अध्यक्ष प्रकाश पौडेल र सदस्य कृष्ण जिसी सञ्चालक रहेको जलजला अनलाइनको नाम किटान गरी आक्षेपयुक्त र आपत्तिजनक शब्दावली प्रयोग गरेर ‘नेपाल कम्युनिष्ट पार्टी, म्याग्दी’ का जिल्ला सेक्रेटरी ‘दिपा’ को नामबाट बिहिबार बिहान बिज्ञप्ति सार्वजनिक भएको थियो ।
‘खुल्ला राजनीतिमा आएको दलका जिम्मेवार नेताले सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका समाचारका बिषयमा चित्त नबुझे सञ्चार माध्यमबाटनै खण्डन गर्ने र कानुनी उपचार खोज्नुको बिकल्प सवै पत्रकारलाई आक्षेप लगाउादै धम्काउन खोज्नु प्रेस र अभिब्यक्ति स्वतन्त्रताको संबैधानिक अधिकारमाथि प्रहार भएको महशुस गरेका छौ,’ शाखा सचिब सन्तोष गौतमद्धारा बिहिबार जारी बिज्ञप्तिमा भनिएको छ ‘स्वतन्त्र रुपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण बनाउन, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टि र सुरक्षाको प्रत्याभुति दिलाउन सम्बद्ध पक्षसाग माग गर्दछौ ।’
पत्रकार महासंघ म्याग्दी शाखाले विप्लव माओवादीको धम्कीपूर्ण पत्रकारमाथी लगाइएको आपेक्षको खण्डन गर्दै भ्रममा नपर्न अनुरोध गरेको छ ।
बेनी नगरपालिकाको नाममा रहेको १४१९ कित्ता नम्बरको ४ आना जग्गा र सो जग्गामा रहेको भवनसमेत बार्षिक १० हजार तिर्ने गरी २०७६ पुष ३ गते नगरपालिकाको तर्फबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा र पत्रकार महासंघ म्याग्दीको तर्फबाट पुर्ब अध्यक्ष तारानाथ शर्मा बिच हस्ताक्षर गरि १० वर्षकोलागी भाडा सम्झौता भएको थियो ।
साम्झौता अनुसार असार २७ गते १४०६ नम्बरको रसिदबाट नगरपालिकालाई दुई बर्षको भाडा वापत रु. २०,००० उपलब्ध भुक्तानी गरेको पनि महाासघले जनाएको छ । उक्त भवनमा पत्रकार महाासघको कार्यालय प्रयोजनकालागी अस्थाई भवन बनाउन गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७८/७९ मा रु. दश लाख बजेट बिनियोजन गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
