- Loading...
म्याग्दी काँग्रेसमा देउवा प्यानलका खम्वीर निर्विरोध
- पुनहिल डट कम
- ३ साल अघि
- १३७ पटक पढिएको

नेपाली काँग्रेस म्याग्दीको जारी सातौं जिल्ला अधिवेशनमा सभापतिमा देउवा प्यानलका खम्वीर गर्वुजा निर्विरोध निर्वाचित भएका छन ।
निर्वाचन समितिले दिएको उम्मेदवारी दर्ता गर्ने समय सीमा वुधवार दिउँसोसम्म सभापति पदमा निर्वतमान सभापति खम्वीर गर्वुजाको मात्र एक्लो उम्मेदवारी दर्ता भएकोले निर्विरोध भएका हुन ।
रामचन्द्र पौडेल खेमाबाट अन्नपूर्ण गापा अध्यक्ष रहेका क्या.डमबहादुर गर्वुजाको सभापति पदमा उम्मेदवार बन्न क्रियाशिल सदस्य बनेको दश वर्षे योग्यता नपुगेपछि खम्वीर सभापति निर्विरोध बनेका हुन । जिल्लामा देउवा प्यानलका खम्वीर गर्वुजा समुहले पौडेल प्यानलका रेशम बानियाँ समुहलाई झन झन पेल्दै र धकेल्दै लगेको देखिएको छ ।
त्यसैविच म्याग्दी काँग्रेस सातौ जिल्ला अधिवेशन निर्वाचन समितिले दिएको जानकारी अनुसार दुई जना उपसभापति पदमा बेनी नगरप्रमुख हरीकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, क्या.मीनबहादुर कार्की, कमल छन्त्याल र क्या.डमबहादुर गर्वुजाको उम्मेदवारी परेको छ ।
त्यस्तै दुई जना सचिव पदमा भरत रकाल, हीरा पुन, अजयमिलन श्रेष्ठ र दुर्गाराम सुवेदीको उम्मेदवारी परेको छ । सहसतिव पदमा ध्रुव कार्की, श्रीराम पौडेल र कमलप्रसाद उपाध्यायको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
