FLASH NEWS
  • Loading...

कांग्रेस म्याग्दीको प्रदेश ‘क’मा अाेम छन्त्याल र ‘ख’ मा टंक पुन सर्वसम्मत निर्वाचन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३० पटक पढिएको
कांग्रेस म्याग्दीको प्रदेश ‘क’मा अाेम छन्त्याल र ‘ख’ मा टंक पुन सर्वसम्मत निर्वाचन

नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ दुवै क्षेत्रमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न क्षेत्र ‘क’ प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिकाे उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन बरुवाल निर्वाचित भएकाे काँग्रेस म्याग्दीले जनाएकाे छ । सचिवमा चक्रबहादुर केसी र रोशन पुन, उपसचिव पदमा विशाल खत्री र गणेश गर्बुजा निर्वाचित भएका छन । अधिवेशनबाट १७ जना प्रदेश अधिवेशन प्रतिनिधिहरु पनि सर्वसम्मच निर्वाचित भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंक प्रसाद पुन सर्वसम्मत निर्वाचित भएका छन ।

शनिबार जिल्लाको मालिका गाउँपालिका–६ दरबाङमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका उपसभापतिमा गोपालप्रसाद भट्टचन , तेजिन्द्र थापा सचीवमा हिराबहादुर पुन र हेमेन्द्र गुरुङ हिमाल ,सहसचिवमा भिमप्रसाद गौतम र भक्तबहादुर सिंकिजा पुनसमेत २५ सदस्यीय प्रदेश समिति निर्वाचित भएका छन ।