FLASH NEWS
  • Loading...

म्याग्दीबाट एमालेको दशौं महाधिवेशनलागि ९ जना प्रतिनिधि सर्वसम्मत

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०८ पटक पढिएको
म्याग्दीबाट एमालेको दशौं महाधिवेशनलागि ९ जना प्रतिनिधि सर्वसम्मत

आगामी मंसिर १०-१२ गते सम्म चितवनमा हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन ।

पार्टी बिधान अनुसार ३७३९ पार्टी सदस्यहरु मध्यबाट खुल्ला तर्फ हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देबेन्द्र केसी, बालकृष्ण सुवेदी, र देवबहादुर घले चयन भएका छन ।

त्यस्तै महिला तर्फ नरदेवि पुन र थमसरा पुन, दलित तर्फ पुस्कर बिक र दलित महिलाबाट  खरमाया बिटालु महाधिवेशन प्रतिनिधि चयन भएकाे नेकपा एमाले म्याग्दीले जनाएकाे छ ।