FLASH NEWS
  • Loading...

म्याग्दीका प्रमुख दलहरुलाई महाँधिवेशनको चटारो

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८८ पटक पढिएको
म्याग्दीका प्रमुख दलहरुलाई महाँधिवेशनको चटारो

जिल्लामा प्रमुख राजनैतिक दलहरु महाधिवेशन/अधिवेशनको चटारोमा छन ।
प्रमुख प्रतिपक्षमा रहेको ठूलो दल एमाललेले पर्सी कात्तिक २७ गते शनिवार दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधीहरु छनौटकालागी निर्वाचन गर्दैछ । एमालेका जिल्लाभरका सवै ३ हजार ७ सय ३९ जना पार्टी सदस्यहरुले खुल्ला ५ जना, दलित २ र २ महिलासमेत ९ जना महाधिवेशन प्रतिनिधी छनौट गर्न मतदान गर्दैछन ।
‘दशौं राष्ट्रिय महाँधिवेशनमा सहभागी हुने प्रतिनिधी संख्या थोरै र आकंक्षी धेरै भएकोले निर्वाचन हुने गरी तयारी गरेका छौं । तर सकेसम्म सर्वसम्मत गराउन प्रयास रहने छ’ एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘निर्वाचन समिति संभावित निर्वाचनको तयारीमा जुटेको छ ।’
त्यसैगरी सत्तारुढ काँग्रेस म्याग्दीको प्रदेश क्षेत्रीय समितिको निर्वाचन कात्तिक २७ गते र जिल्ला समितिको निर्वाचन मंसिर १ गते हुँदैछ । काँग्रेस जिल्ला उपसभापति माधव रेग्मीका अनुसार प्रदेश निर्वाचन क्षेत्र ‘क’ को अधिवेशन बेनीमा र निर्वाचन क्षेत्र ‘ख’को निर्वाचन मालिका गाउँपालिका केन्द्र रहेको दरवाङ्मा हुँदैछ । अधिवेशन गर्न क क्षेत्रमा रामजीप्रसाद सुवेदी र ख निर्वाचन क्षेत्रमा सागरजीवि उपध्यायलाई निर्वाचन अधिकृत तोकिएको काँग्रेसले जनाएको छ ।
त्यसैगरी सत्तारुढ नेकपा माओवादी म्याग्दीले पनि कात्तिक २७ गतेदेखी नै टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश समितिको अधिवेशन गर्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
नेकपा माओवादी जिल्ला अध्यक्ष रेशम जुग्जालीका अनुसार प्रदेश अधिवेशन गर्न चन्द्रबहादुर घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । त्यस्तै, बेनी नगरमा कृष्ण थापा, मंगला गापामा होमनाथ पाण्डे, मालिका गापामा चुडामणी सापकोटा, धवलागिरीमा नेत्रलाल सुवेदी, रघुगंगामा श्रीकृष्ण रिजाल र अन्नपूर्णमा ठगराज पुनलाई निर्वाचन समितिको संयोजनक तोकिएको छ ।