- Loading...
चिसोसँगै प्रदूषण बढ्दैछ, सतर्क रहौँ
- पुनहिल डट कम
- ३ साल अघि
- १४५ पटक पढिएको

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ ।
सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकाले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताए।
उनले गत १० दिनको तापक्रम हेर्दा देशभर चिसो बढ्दै गएको बताए। उनले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस एक डिग्री सेल्सियस पुगेको जानकारी दिए।
‘कात्तिक महिनामै यति चिसो हुँदै जाँदा आगामी दिनहरुमा थप चिसो बढ्दै जान्छ, हामी जाडो याममा प्रवेश गर्दैछौं, यो क्रम बढ्दै जान्छ तर अहिले नै यतिसम्म चिसो जान्छ भनेर भन्न सकिँदैन, क्रमिक रुपमा जाडो बढ्दै जान्छ’, वरिष्ठ मौसमविद् पौडेलले भने ।’
वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिनेतर्फ लाग्नुपर्ने बताए। उनले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताए।
पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउन जोड दिए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
