FLASH NEWS
  • Loading...

एमाले अन्नपुर्ण कमिटी अध्यक्षमा धनकुमार

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०४ पटक पढिएको
एमाले अन्नपुर्ण कमिटी अध्यक्षमा धनकुमार

नेकपा एमाले अन्नपुर्ण गाउँपालिका कमिटीको अध्यक्षमा दाेवाका धनकुमार पुर्जा सर्वसम्मत निर्वाचित भएका छन् । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिवेशनबाट पुर्जाको नेतृत्वमा ४५ सदस्यीय कमिटी गठन भएकाे हाे ।कमिटीको उपाध्यक्षमा खमबहादुर गर्वुजा, सचिवमा गंगा पुन, उपसचिवमा राजाराम बरुवाल र सुरेश पुन निर्वाचित भएकाे एमालेले जनाएकाे छ । 

अन्नपुर्ण गापा कमिटी गठनसंगै एमालेले जिल्लाका सवै पालिकामा कमिटि गठन पुरा गरेकाे छ । एमाले बेनी नगर अध्यक्षमा नारायण जिसी, गाउँपालिका अन्तरगत रघुगंगामा दिपक काकी, मालिकामा बेगप्रसाद गर्वुजा, मंगलामा सतप्रसाद रोका, धवलागिरीमा होमबहादुर थापा अध्यक्षमा सर्वसम्मत भएका छन् ।