FLASH NEWS
  • Loading...

कात्तिक २५ देखि मङ्सिर ९ सम्म घरघर अाउँदैछन गणक

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१८ पटक पढिएको
कात्तिक २५ देखि मङ्सिर ९ सम्म घरघर अाउँदैछन गणक

राष्ट्रिय जनगणना २०७८ अन्तगत म्याग्दीमा जनगणनामा खटिने गणकहरूकालागी शनिवारदेखी चार दिने तालिम सुरू भएकाे छ । 

राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने भएको छ।  मुल गणनामा संलग्न हुने अन्नपूर्ण, रघुगंगा र बेनी नगरपालिकागरी तीन पालिकामा खटिने गणककालागी बेनीमा र मंगला, मालिका र धवलागिरमा खटिने गणककालागी दरवाङमा चार दिने तालिम सुरू भएकाे हाे ।

जिल्ला जनगणना कार्यालय प्रमुख घनश्याम सापकाेटाका अनुसार म्याग्दीमा १ सय ८० जना गणक मुल जनगणनामा खटिने छन । प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना यस वर्ष पाँच महिना ढिला गरी ‘मेरो गणना, मेरो सहभागिता: राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ हुन गइरहेको छ। 

देशमा बसोबास गर्ने विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग तथा उमेर समूहको अवस्था थाहा पाउनेदेखि उनीहरूको सामाजिक, आर्थिक तथा लैङ्गिक अवस्था कस्तो छ भन्ने बुझ्नका लागि पनि जनगणना गर्ने विश्वव्यापी प्रचलन रहेको छ।  

जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा राज्यले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गर्नेदेखि बनेका कार्यक्रमको अनुगमन/मूल्याङ्कन हुने गर्दछ। जनगणनाको तथ्याङ्ककै आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने, प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्य सङ्ख्या यकिन हुने, केन्द्र सरकारबाट प्रदेश सरकार र स्थानीय तहसम्म स्रोत परिचालन गर्न, राज्यका विभिन्न तहमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग तथा लिङ्गका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने भएकाले यसलाई निकै महत्वका साथ हेर्ने गरिन्छ। 

प्रत्येक घरमा पुग्ने गणकले विभिन्न ८० वटा प्रश्न सोध्नेछन् र यसका लागि करिब २० मिनेटसम्म समय लाग्नेछ।