FLASH NEWS
- Loading...
म्याग्दीका १२ जना समेत गण्डकी प्रदेशमा ५५ जनामा कोरोना पोजेटिभ
- पुनहिल डट कम
- ३ साल अघि
- १३१ पटक पढिएको
पछिल्लो २४ घण्टामा म्याग्दीका १२ जना समेत गण्डकी प्रदेशमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४९३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका २४ जना, म्याग्दीका १२ जना, पर्वतका २ जना, लमजुङका १ जना, बाग्लुङका २ जना, स्याङ्जाका ५ जना र नवलपुरका ९ जना गरी प्रदेशका ७ जिल्लामा गरी ३४ पुरुष तथा २१ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८७ हजार १४९ पुगेको छ। पछिल्लो २४ घण्टामा २६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८५ हजार ३०१ पुगेको छ ।
गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३९३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस