- Loading...
पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप दिन विज्ञको सिफारिस
- पुनहिल डट कम
- ३ साल अघि
- २४४ पटक पढिएको

अमेरिकाले फाइजर र बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन सिफारिस गरेको छ। अमेरिकी खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले मंगलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो।
खोप निर्माता कम्पनीले गत सेप्टेम्बरमा गरेको परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप लगाउन सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो। यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन्।
अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले थप अनुमति दिनुपर्छ। उक्त निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने बताइएको छ। जसको अर्थ खोप लगाउन त्यसकै भोलिपल्टबाट सुरु गरिने अमेरिकी अधिकारीले जनाएका छन्।
अमेरिकाको आधिकारिक तथ्याङ्क अनुसार कोरोना महामारी सुरु भएयता कोभिडका कारण ५ देखि ११ वर्ष उमेरका १६० बालबालिकाको ज्यान गएको छ। देशभरि अहिलेसम्म कोरोनाभाइरसका कारण ७ लाख ४० हजारको मृत्यु भएको तथ्याङ्क छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
