- Loading...
कतै भीषण वर्षा‚ कतै हल्का हिमपात
- पुनहिल डट कम
- ३ साल अघि
- १४३ पटक पढिएको
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भेगमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।
बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली रहेको मौसमविद मञ्जु बासीले जानकारी दिइन्।
मौसमविद् बासीका अनुसार सोमबार बिहान देशका अधिकांश भू–भागमा मौसम सामान्य बदली कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भने भीषण वर्षा भइरहेको छ।
दिउँसो पनि देशका अधिकांश स्थानमा मौसम बदली भई वर्षा हुने महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद बासीले जानकारी दिइन्। यस्तै‚ पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
राति प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भीषण भारी वर्षाको सम्भावाना रहेकोले सचेत रहनुपर्ने मौसमविद बासीले बताइन्।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति: २०७८/०७/०१ विहान ६:०० बजे
हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाकी प्रदेशका एक- दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ।
२०७८ कार्तिक ०१ गते (सोमबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केहि स्थानहरु मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावाना छ।
२०७८ कार्तिक ०२ गते (मंगलवार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्विनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १ र लुम्विनी प्रदेशका थोरै स्थानहरू गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग भारी वर्षाको समेत सम्भावना रहेको छ।
२०७८ कार्तिक ०३ गते (बुधवार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्विनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती: देशभर सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ ।