FLASH NEWS
- पर्यटकीय तथा धार्मिक गन्तब्य सरसफाईमा जुटे मुस्ताङका स्थानीय तह, दुई दिनमा तीन ट्याक्टर फोहोर संकलन |
- किसानी चन्द्रकुन्ता माविकी उर्मिलाले जितिन् ५० हजार |
- बेनीको जोगिगाडेमा ‘रहस्यमयी’ ट्याक्टर दुर्घटना कि घट्ना, घाईतेको अवस्था गम्भीर |
- मुक्तिमार्ग माविमा १० लाखबढीको अक्षयकोष स्थापना |
- १० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले सुरू गरिन गण्डकी कोटिहोममा कथा प्रवचन |
आज घरघरमा फूलपाती भित्र्याइँदै
- पुनहिल डट कम
- ३ साल अघि
- २५९ पटक पढिएको

आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो। आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ।
नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ। यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ। केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ।
प्रतिक्रिया दिनुहोस