FLASH NEWS
- Loading...
काठमाडौंबाट घान्द्रुक घुम्न गएका ७ सहित ८ जनाको जिप दुर्घटनामा मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- ४१४ पटक पढिएको

कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट घुम्न गएका ५ पुरुष, २ महिला र जिपका चालक खुसीमान क्षेत्रीको निधन भएको हो ।
घान्द्रुकको हुँदु कटेपछि घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा ग१ज ६९०० नम्बरको जिप ब्याक हुँदा सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेका कारण बाँच्न सफल भएकी छन् । सोमबार करिब दुई बजेतिर भएको दुर्घटनामा निधन हुनेमा प्राय सबै युवाहरु रहेको स्थानीय थमन सुनारले बताए ।
मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले बताए । ७ मृतकको सनाखत हुन भने बाँकी छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
