FLASH NEWS
- Loading...
गण्डकी प्रदेश साक्षर घोषणा
- पुनहिल डट कम
- ३ साल अघि
- १७५ पटक पढिएको
गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । आइतबार पोखराको सभागृहमा एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन ।
साक्षर प्रदेश घोषणामा गण्डकी दोस्रो हो । यसभन्दा अघि बाग्मती प्रदेशलाई घोषण गरिएको थियो । प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशका ११ जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्या मध्ये ९५ प्रतिशतभन्दा बढी साक्षर छन् ।
११ वटै जिल्ला साक्षर घोषणा भइसकेका छन् । प्रदेशको औसत साक्षरता ९६ दशमलव ५७ प्रतिशत रहेको छ । सोही आधारमा प्रदेशको गत भदाै ३० गतेको मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्ने निर्णय गरेको थियो ।
गण्डकीमा ११ जिल्ला र ८५ वटा पालिकाले साक्षर घोषण गरिसकेका थिए ।
प्रतिक्रिया दिनुहोस