FLASH NEWS
- Loading...
मंगलबार म्याग्दीका ७ जना सहित गण्डकी प्रदेशमा १०० जनामा कोरोना पोजेटिभ
- पुनहिल डट कम
- ३ साल अघि
- १०० पटक पढिएको
पछिल्लो २४ घण्टामा म्याग्दीका ७ जना सहित गण्डकी प्रदेशमा थप १०० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार मंगलवार कास्कीका ४४ सहित म्याग्दीका ७ जना, पर्वतका ३ जना, गाेरखाका ७ जना, लमजुङका १ जना, तनहुँका ५ जना, बाग्लुङका १३ जना, स्याङ्जाका १० जना र नवलपुरका १० जना गरी प्रदेशका ९ जिल्लामा गरी ५९ पुरुष तथा ४१ जना महिलामा कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८८ पुगेको छ। पछिल्लो २४ घण्टामा १२४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ६८२ पुगेको छ ।
गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३७१ पुगेको छ।
प्रतिक्रिया दिनुहोस