- Loading...
बागलुङकी सपना खड्का डेनमार्कमा पहिलो नेपाली महिला बस चालक
- पुनहिल डट कम
- ३ साल अघि
- १६२ पटक पढिएको

बागलुङकी सपना खड्का डेनमार्कमा पहिलो नेपाली महिला बस चालक बनेकी छिन् । बानपा-८ सिगाना माइत र मुलपानी घर भएकी सपना डेनमार्ककाे सार्वजनिक यातायातमा ‘बस चालक’ बनेकी हुन्।
डेनमार्कमा बस चालक बन्न त्यति सजिलो छैन। सबैभन्दा ठूलो बाधक भाषा बन्दै आएको छ। सवारी चालक अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्थानीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। सपनाको सफलतामा श्रीमान मोहन खड्का खुशी मात्र हैनन्,दंग पनि छन्। ‘आधारभूत भाषा परीक्षा उत्तीर्ण मात्र हुन सकियो भने दक्ष काम पाउन अति सजिलो हुन्छ। त्यसैले मैले उनलाई सधैं भाषा सिक्न प्रेरेणा दिइरहे,’ उनले भने।
श्रीमानको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको सपनाले बताउँछिन्। ‘विदेशको ठाउँ साना बच्चाहरू छन्। फेरि मिलेर काम गर्नुपर्ने। बच्चाहरुलाई यथेष्ट समय पनि दिनुपर्ने, यो अवस्थामा मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो। त्यसैले म आज सफल भएँ,’ उनले भनिन्।
डेनमार्क आएको छोटो अवधिमा यहाँको स्थानीय डेनिस भाषा सिकेर, दक्ष जनशक्तिको लागि चाहिने अध्ययन गरी कडा परीक्षामा उत्तीर्ण हुनु बागलुङकी सपना खड्काको लागि एक ‘सपना’ नै थियो । तर आज पूरा भएको छ । उनको लगाब तथा मेहनत प्रवासमा रहेका सबै नेपालीहरुका लागि प्रेरेणा बनेको छ। जनमेडियाबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
