FLASH NEWS
  • Loading...

८ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक, अब १९ असोजमा बस्‍ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०५ पटक पढिएको
८ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक, अब १९ असोजमा बस्‍ने

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बिहीबारको बैठक करिब ८ मिनेट बसेर स्थगित भएको छ। आजको बैठकमा पनि एमालेले अवरोध कायमै राखेको थियो। एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाएका थिए। 

त्यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका थिए। त्यसपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक २०७८ असोज १९ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए।