- Loading...
निर्मल पुर्जाले चढाए कतारी राजकुमारी थानीलाइ मनास्लु
- पुनहिल डट कम
- ३ साल अघि
- १९४ पटक पढिएको

कतारी राजकुमारी शेखा आस्मा अल थानीले नेपालको मनास्लु हिमाल सफल आरोहण गरेकी छन् ।
थानीले बिना अक्सिजन मनास्लुमा पाइला टेकेकी टिमको गाइड कीर्तिमानी आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन्।
अल थानीले सोमबार बिहान साढे १० बजे बिना अक्सिजन मनास्लु हिमालको चुचुरोमा सफलतापूर्वक पाइला टेकेकी छन्। उनी विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित मनास्लु हिमाल चढेकी हुन्।
यसअघि उनले दक्षिण अमेरिकाको ६ हजार ९६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५ हजार ८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रस चढिसकेकी छिन्।
सन् २०२१ को वसन्तमा सगरमाथा आरोहणमा आएकी उनी बेस क्याम्पसम्म पुगेकी थिइन तर मौसममा खराबीका कारण आरोहण जोखिमपूर्ण र असुरक्षित भएकोले अभियान रद्ध गरिएको थियो ।
‘यो वर्ष मेरो लागि चुनौतीपूर्ण रह्यो। मैले विगत कैयौं वर्षदेखिको सपना विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ चढ्ने योजना बनाएकी थिएँ तर यस वर्ष हुन सकेन,’ उनले भनेकी थिइन् ‘यो कुरा स्वीकार्न मलाई केही समय लाग्यो । जित्नुहोस् वा हार्नुहोस्, कहिल्यै असफल हुनुहुन्न । त्यसैले लड्नुहोस् जबसम्म तपाइँले अब म लड्न सक्दिन भन्ने अवस्था आउँदैन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
