- Loading...
पूर्व युवराज्ञी हिमानी गाउँले स्कुलकाे कक्षाकोठामा
- पुनहिल डट कम
- ३ साल अघि
- १४३ पटक पढिएको

जसै बिहानको ११ बज्यो, त्यसपछि भने विद्यालयको माहोल बदलियो। जनकपुरस्थित कन्या माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी कक्षाकोठा छोडेर चउरमा उभिए। फूल दिंदै उनीहरूले पूर्व युवराज्ञी हिमानी शाहको स्वागत गरे।
पूर्व युवराज्ञी शाह पनि चउरमा धेरै बेर नपर्खेर शिक्षक र विद्यार्थीसँगै कक्षाकोठामा प्रवेश गरिन्। कक्षा १० का विद्यार्थीसँगै बेन्चमा बसेकी शाहले शिक्षक र विद्यार्थीसँग भलाकुसारी गरिन्।
यो विद्यालयका थुप्रै समस्या छन्। प्रधानाध्यापक मोदनारायण राउतले भौतिक पूर्वाधारको अभाव, खानेपानीको समस्या भएको सुनाए। “यो चउर पानी पर्दा पोखरी बन्छ, विद्यार्थीलाई आउन–जान समस्या हुन्छ,” राउतले पूर्व युवराज्ञी शाहसँग भने। थुप्रै कठिनाइ भए पनि जेनतेन पढाइ गरिरहेको उनले बताए।
सँगै कक्षाकोठामा बसिरहेकी शाहसँग विद्यार्थीले पनि जिज्ञासा राखे। एक विद्यार्थीले सोधिन्, “म्याम, म पनि तपाईं जस्तै राम्रो मान्छे बन्न चाहन्छु। तपाईं जस्तै बन्न कुन विषय पढ्नुपर्छ?”
पूर्व युवराज्ञी शाह मुस्कुराइन्। उनले विद्यार्थीलाई सम्झाउँदै भनिन्, “अहिले सबै विषयमा राम्रै छ। जुन विषय पढे पनि मिहिनेत गरेर पढ्नुस्। असल मान्छे बन्न सकिन्छ।”
हिमानी ट्रस्ट मार्फत विद्यार्थीलाई सहयोग गर्न उनी जनकपुर पुगेकी थिइन्। शुद्ध खानेपानीको अभाव भएकाले ट्रस्टले फिल्टर बोतल वितरण गरेको ट्रस्टका प्रतिनिधि उत्तम निरौलाले बताए। * हिमालखबरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
