- Loading...
साझा बसकी महिला बस चालक
- पुनहिल डट कम
- ३ साल अघि
- ६५६ पटक पढिएको
मोटो जिउडाल, हक्की स्वभाव तर, मिजासिली । यिनै गुणले पूर्ण छिन् साझा बसकी महिला चालक– हर्मिता श्रेष्ठ । उनले साझा बस हाँक्न थालेको ३ वर्ष बित्यो । सधैं साझा यातायातको टिसर्ट, मास्क, चश्मा लगाएर ड्राइभिङ सिट बस्ने हर्मितालाई महिला चालक भनेर जो कोहीले झट्टै चिन्दैनन् ।
धुलो धुवाँलाई छिचोल्दै उनी १२ घण्टा सडकमै हुन्छिन् । यात्रुलाई सकुशल गन्तव्य स्थलमा पुर्याउने उनको दैनिक हो । त्यसो त हर्मिता एक कुशल र निष्ठवान महिला चालकको रुपमा चिनिन्छिन् ।
विगत दुई दशकदेखि ड्राइभिङ पेसमा कार्यरत हर्मिता आफूलाई यो पेसाले आनन्द दिएको बताउँछिन् । यसअघि विभिन्न संघसंस्थाको गाडी चलाएर देशका कुनाकाप्चासम्म पुगेको उनीसँग अनुभव छ ।
हर्मितालाई सानैदेखि ड्राइभिङप्रति रुचि थियो । उनको घरमै गाडी भएकाले पनि ड्राइभर बन्ने रहर बढेको उनी सुनाउँछिन् । ‘घरमा मारुती भ्यान थियो, ड्राइभरले चलाएको देख्दा मलाई पनि चलाउन रहर लाग्थ्यो,’ उनी भन्छिन्, ‘सिक्दा सिक्दै गरिखाने बाटो यसैलाई बनाएँ, अहिले खुशी छु ।’
हर्मितालाई सानैदेखि ड्राइभिङप्रति रुचि थियो । उनको घरमै गाडी भएकाले पनि ड्राइभर बन्ने रहर बढेको उनी सुनाउँछिन् । ‘घरमा मारुती भ्यान थियो, ड्राइभरले चलाएको देख्दा मलाई पनि चलाउन रहर लाग्थ्यो,’ उनी भन्छिन्, ‘सिक्दा सिक्दै गरिखाने बाटो यसैलाई बनाएँ, अहिले खुशी छु ।’
ड्राइभिङ सिकेपछि उनलाई लाइसेन्स निकाल्ने हुटहुटी भयो । काठमाडौंमै सवारी चालक अनुमति पत्रको परीक्षा फारम भरिन् । तर, परीक्षामा सफल हुन सकिनन् । उनले हार मानिन् । उनले वीरगञ्जबाट लाइसेन्सको परीक्षा फारम भरिन् । त्यहाँ एकैपटकमा उनले २०५७ सालमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न सफल भइन् ।
लाइसेन्स निकालेसँगै उनी युएनमा चालकमा भर्ती भइन् । यस संस्थाबाट देशका सुगम, दुर्गम सबै क्षेत्रमा जानुपथ्र्यो । ती भीर, पाखा, नदी नाला सबै छिचोल्दै उनले १६ वर्ष युएनको गाडी हाँकिन् । ‘युएनमा कार्यरत हुँदा धेरै फिल्ड जानपथ्र्यो,’ उनी भन्छिन्, ‘सवारी चालक भएर पूर्व मेची देखि पश्चिम अछाम, डडेल्धुरासम्म पुगेको छु ।’