FLASH NEWS
  • Loading...

विद्यार्थीले गरे छुवाछुत विरुद्ध सडक नाटक

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४०० पटक पढिएको
विद्यार्थीले गरे छुवाछुत विरुद्ध सडक नाटक

बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीले सोमबार जातीय छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरे ।

लिटिल गार्डेनका ४ कक्षामा अध्ययनरत विद्यार्थीले जिल्ला प्रशासन कार्यालय अगाडी नाटक प्रर्दशन गरेका हुन् । अभियन मार्फत बालबालिकाले अझै समाजमा देखेको÷भोगेका जातीय विभेद तथा छुवाछुतको अवस्था देखाएका थिए ।

‘विद्यार्थीको सिर्जना र सक्रियतामा नाटक देखाइएको हो’ शिक्षिका सुजता रेग्मीले भनिन्, ‘अभिनयस्थल विद्यार्थीले विभेद विरुद्ध वकालत गर्न थलो बनेको छ ।’