- Loading...
मगर जातीबाट छुट्टीए पुनहरु, अव पुन छुट्टै जाती, धर्म कर्पाकेली
- पुनहिल डट कम
- ३ साल अघि
- १४९ पटक पढिएको

खामभाषी मगर जाती मान्दै आएका यहाँका पुनहरुले आफुहरुलाई छुट्टै जाती दावी गरेका छन ।
गण्डकी प्रदेशरमा रहेका पुनहरुले भदौ ३० गतेबाट सुरु भएको १२ औं राष्ट्रिय जनगणनामा घर–घर आउने सुपरिवेक्षक र गणकलाई आफ्नो थरमा अहिले लेख्दै आएको थर (गर्वुजा, पाईजा, तिलिजा, शेर्वुजा, सेरपुजा, फगामी, पहरे, पुर्जा, चोचाङ्गी ….आदी) लेख्ने, जातीमा पुन, भाषामा पुन भाषा र धर्म कर्पाकेली लेख्ने भएका हुन ।
पोखरामा केन्द्रीय कार्यालय रहेको पुन समाज नेपालले विहिवार विज्ञप्ती प्रकाशित गरी सम्पूर्ण पुनहरुलाई मगरजातीबाट अलग्याएर जातिमा पुन, भाषामा पुन भाषा र कर्पाकेली धर्म लेख्न आह्वान गरेको हो । विज्ञप्तीमा पुन समाजका महासचिव खिमन शेरपुजा पुनले हस्ताक्षर गरेका छन ।
करिव एक दशक देखी गण्डकी प्रदेशका पुनहरुले आफुहरुलाई मगर समाजबाट अलग्गै बनाउँदै आफुहरु मगर नभएको दावी गर्दै आएका छन । यहाँका केही पुनहरुले भने जनै धारण गर्ने गरेका छन ।
यहाँका पुनहरुले केही वर्ष अघिदेखी म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडामा निर्मित कर्पाकेली देवताको थान स्थापना गरी सोही अनुसारको पुजाअर्चना गर्दै आएका छन । पुनहरुले कुलधर्म केर्पाकेली, हिमला र फिमला तथा छोराहरु रामचन र कुलचनका मूर्ति राखिएका छन । रामचनलाई नौ सिङ्गे (कुखुराको भाले) र कान्छा कुलचनलाई दुई सिङ्गे हाँसेगोरे (सेतो भेडा)को वली दिई पुज्ने गर्छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
