- Loading...
दिल्लीमा पश्चिमा राष्ट्रहरुसँग समेत समन्वय गरी नेपालबारे परामर्श जारी, नेपाली सत्तामा अनिष्टकाे संकेत
- पुनहिल डट कम
- ३ साल अघि
- १५३ पटक पढिएको

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतको राजधानी नयाँ दिल्लीमा लामो परामर्श चलेको छ । नेपालमा बढेको चिनियाँ प्रभाव र त्यसकारणले समस्या उत्पन्न भएको भन्दै भारतीय सत्ताले पश्चिमा राष्ट्रहरुसँग समेत समन्वय गरेर परामर्श जारी राखेको बताइएको छ ।
यही परामर्शका लागि भनेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा दिल्ली गएका छन् । झण्डै दुई साता लामो सो परामर्शको सिलसिलामा नेपालमा चीनको बढ्दो प्रभाव र दबाबलाई मूल विषय बनाइएको बताइएको छ । स्रोतले कुन कुन पश्चिमा राष्ट्रका प्रतिनिधिहरु यस्तो परामर्शमा सहभागी छन् भन्ने नबताए पनि चीनको सक्रियतालाई देखाएर नेपालबारे ठूलै हाउगुजी सिर्जना गर्न लागिएको त होइन भन्ने आशंका पनि शुरु भएको छ ।
राजदूत क्वात्रा दिल्लीबाट नेपाल फर्केपछि भारतको नेपाल नीतिमा भएको तत्कालको परिवर्तन समेत देखा पर्ने स्रोतको दावी छ । प्रधानमन्त्री भएको दुई महिना हुँदा पनि मन्त्रिपरिषद्समेत गठन गर्न नसकेर हैरान भएका प्रधानमन्त्री देउवाको सत्तारुढ गठबन्धनमा आउने सम्भावित खटपट र त्यसले फेरि संसद भंग गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ भारतीय संकेतलाई देउवा र गठबन्धनका नेताले कसरी व्यवस्थापन गर्न सक्लान् भन्ने चासो पनि दिल्ली परामर्शसँगै प्रकट हुन थालेको छ ।
नेपालमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीबारे अत्यन्त धेरै अफवाहहरु फैलिएको र त्यसको पछाडि चीनले भूमिका खेलेको, एमसीसीबारे नभएका कुराहरु पनि भएजस्तै गरेर मिसइन्फर्मेशन क्याम्पेन नै चिनियाँ लगानीमा गरिएको केही तथ्यहरुसमेत संकलन गरेर दिल्लीमा पश्चिमा मुलुकका प्रतिनिधिहरुसँग छलफल गरिएको स्रोतको दावी छ ।
यसैबीच भारतीय सेनाले नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरुलाई पनि एउटा सेमिनारको बहानामा दिल्ली निम्त्याएको छ । ८ जनामध्ये ३ जनाले आउन नसक्ने बताइसकेका छन् । सेप्टेम्बरको १७ र १८ मा हुने सो सेमिनारमा भारतीय सेनाका पूर्वसेनापतिहरुको सहभागिता हुनेछ । नेपालका सबै सेनापतिहरु पनि बोलाउनुको अर्थ नेपालबारे दिल्लीमा गम्भीरता थपिएको बुझ्न गाह्रो नभएको सैनिक स्रोतको दावी छ ।*डिसीनेपालबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
