- Loading...
नेकपा एस म्याग्दीको अध्यक्षमा कृष्णकुमार विक
- पुनहिल डट कम
- ३ साल अघि
- १७८ पटक पढिएको

एमाले विभाजनबाट बनेको नेकपा एकिकृत समाजबादी म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा अध्यक्ष चयन भएका छन ।
बुधवार बेनी स्थित एक सहकारीको सभाहलमा सम्पन्न कार्यकर्ता भेलाबाट विश्वकर्मा अध्यक्ष चयन भएका हुन । भेलाबाट उपाध्यक्षमा हेमराज शर्मा, सचिवमा दुर्गा कार्की र उपसचिवमा जीवन सापकोटा रहेको ६१ सदस्यीय नेकपा एस जिल्ला कमिटी चयन भएको नव घोषित अध्यक्ष विकले बताए ।
‘अहिले पदाधिकारीको मात्र नाम घोषणा गरेका छौं । अन्य सदस्यहरुको नाम घोषणा गर्दा एमालेले धरपकड गर्ने भएकोले तत्काल नाम सार्वजनिक नगरिएको हो’ नव गठित नेकपा एसका जिल्ला अध्यक्ष कृष्ण विकले भने, ‘तीन महिनामा तीन सय र छ महिनामा १५ सय पार्टी सदस्य बनाएर देखाउँछौं ।’
नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य चुडामणी जंगलीको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रममा बोल्ने प्राय: सवै वक्ताले आगामी निर्वाचनमा पूर्व सहमति अनुसार नै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस विच चुनावी तालमेल हुने दावी गर्दै म्याग्दी समेत देशभर एमालेलाई निर्वाचनमा हराउन आफुहरु काफी भएको र सोही अनुसार लाग्ने बताए ।
देउप्रसाद छन्त्यालको अध्यक्षता, रुद्र किसानको संञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व शिक्षक अमर बानियाँ, नेकपा एसका केन्द्रीय उद्योग विभाग प्रमुख याम श्रेष्ठ, बाग्लुङका पूर्व मन्त्री रामजी शर्मा, पर्वतका उदयराज सुवेदी समेतले शुभकामना ब्यक्त गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
