FLASH NEWS
- Loading...
शिक्षकको तलब ३४ हजारदेखि ६० हजारसम्म
- पुनहिल डट कम
- ३ साल अघि
- १०० पटक पढिएको
सरकारले नयाँ आर्थिक वर्ष अर्थात् १ साउनदेखि लागू हुने गरी विद्यालयका शिक्षकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ ।
प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका प्रथम, द्वितीय र तृतीय श्रेणीका शिक्षकहरूको बढेको तलब १ साउनदेखि लागू भएको हो ।
माध्यमिक शिक्षक प्रथम श्रेणीको शुरु तलब स्केल ४९ हजार ३ सय ८० रुपैयाँ छ । छैटौँ ग्रेडको प्रतिग्रेड दर १६ सय ४६ रुपैयाँ थप हुँदा ५९ हजार २ सय ५६ रुपैयाँ मासिक तलब पुगेको छ ।
माध्यमिक शिक्षक द्वीतीय श्रेणीको शुरु तलब स्केल ४२ हजार ३ सय ८० कायम रहेकोमा प्रतिग्रेड संख्या १४ सय १३ रुपैयाँले आठौं ग्रेडका शिक्षकको तलब ५३ हजार ६ सय ८४ रुपैयाँ पुगेको छ ।
माध्यमिक शिक्षक तेस्रो श्रेणीको ८ औं ग्रेड शिक्षकको प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप भएर ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस