FLASH NEWS
- Loading...
मनसुन सक्रिय, यी प्रदेशमा भारी र धेरै भारी वर्षाकाे सम्भावना
- पुनहिल डट कम
- ३ साल अघि
- १२० पटक पढिएको
मनसुनी वायुका कारण नेपालमा केही दिन यता लगातार वर्षा भइरहेकाे छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
शनिबार राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। आइतबार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी वर्षाकाे आँकलन गरिएकाे छ। राति मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ।
साेमबार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका प्रदेशका एक-दुई स्थानमा भारी/धेरै भारी सम्भावना छ।
प्रतिक्रिया दिनुहोस