FLASH NEWS
- Loading...
बिहीबारदेखि ३ दिनसम्म भारी वर्षाको सम्भावना
- पुनहिल डट कम
- ३ साल अघि
- २४९ पटक पढिएको
बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको राष्ट्रिय विपद जाेखिम न्युनिकरणा तथा व्यवस्थापन प्राधिकरण जनाएको छ ।
राष्ट्रिय विपद जाेखिम न्युनिकरणा तथा व्यवस्थापन प्राधिकरणले विहिवार दिउँसाे एक विज्ञप्ति जारी गर्दै विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने विभागको भनाइ छ ।
विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस