- Loading...
च्युडीस्वााराको पहिरोले गलेश्वर वस्ती जोखिममा
- पुनहिल डट कम
- ३ साल अघि
- २९७ पटक पढिएको

विकास र समृद्धिको आधार भनिने सडक समयमा ब्यवस्थापन नहुादा विपत्तिको जोखिम बढ्दै गैरहेको छ ।
गलेश्वरÐभगवतीÐबेग सडक कालोपत्रे स्तरमा उन्नत गर्ने क्रममा भिरालो पाखोमा सडक खन्दा चेनेज ०–२.०० किलोमिटर सडक खण्डमा पर्ने सतीपहरादेखी च्युडीस्वारा पाखो बग्न थालेपछि रघुगंगा गाउापालिका, ३ स्थित पिप्ले गलेश्वरमा रहेका २१ घरधुरी रहेको गलेश्वर वस्ती जोखिममा परेको हो । पहिरोले क्षतविक्षत बनाएपछि गलेश्वरÐपिप्ले सडकको च्युडीस्वाराको पाखोमा एक वर्ष अघिसम्म सडक थियो, गाडी गुड्थे भन्ने अहिले कुनै चिन्ह देखिन्न ।
क्षएक वर्षसम्म पनि नियामक कार्यालय पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा पहिरोको असुरक्षा बढेको हो । सडकसाग जोडिएको बजार क्षेत्र भनेर गाउाको पाखोवारी वेचेर यहाा आईयो सडकले जोगी बनायोÕ स्थानीय भरत मल्लले भने, …पानी ठूलो पर्दा दिनमै पनि डर लाग्छ । त्यै दिनमा भाग्न पाईएला भन्ने हुन्छ त्यसैले दिनभर घर फर्केर बस्छौं । राती पारी गलेश्वरमा गएर सुरक्षित हुने गरेका छौं ।Ú
पहिरोले गलेश्वर वस्ती मात्र होईन, बेनी–जोमसोम सडकको राहुघाट खोलामाथी निर्मित मोटर पुल जोखिममा परेको छ । सडक थुप्रीएको लेदोले यातायात अवरुद्ध हुादा स्काभेटरको वकेटले गाडी तानेर हिलो तार्ने गरिएको छ । जिल्लाको उत्तरी भेगका दुई गाउापालिका र मुस्ता… जाने र फर्कने मोटरसाईकल, साना गाडी र ठूला गाडीले एक पटक हिलो तारेको तीन सय देखी ५ सय रुपैयाा शुल्क तिर्न बाध्य छन ।
च्युडीस्वारा पाखोमा पहिरो लागेको यो पहिलो वर्ष होईन । गत वर्षको वर्खामा पनि पहिरोले जोखिम भएपछि गलेश्वर वस्ती सुरक्षित स्थानमा लगिएको थियो । माथीबाट झरेको पहिरोले फेदीको बेनीÐजोमसोम सडकमा थुप्रो लाग्ने र यातायात अवरुद्ध हुन्छ । यातायात सुचारु गर्न दैनिक डोजर लगाउादा झन पहिरो बगेर वस्ती जोखिममा परेको हो ।
गलेश्वरÐपिप्लेÐभगवती सडक नालीसहित ८ मिटर चौडा कालोपत्रे तहमा स्तरवृद्धि गर्न निर्माण ब्यवसायी एपेक्स–खड्का जेभी काठमाण्डौले भ्याट बाहेक १८ करोड ४१ लाख ८ सय ३८ रुपैयाामा ठेक्का लिएको थियो ।
क्षगलेश्वर-भगवती सडकको ०–२.०० किमी खण्डमा पहिरोले पुरै जमिन बगेकोहुादा पुन: सडक निर्माण संभव छैन । त्यसैले एलाईमेन्ट परिवर्तन गरेका छौं । समयमा निर्माण ब्यवसायी परिचालन नहुादा पनि समस्या आएको हो’ पूर्वाधार विकास कार्यालयका इन्जिनियर सन्तोष पोख्रेलले भने, ‘तत्काकालागी गलेश्वर-पिप्लेसम्म रघुगंगा जलविधुत आयोजनाले प्रयोग गरेको सडकलाई नै प्रयोग भैरहेको छ । संभवत यही सडकको स्तरवृद्धी गराउने हुनसक्छ ।’
गलेश्वर वस्ती मात्र होईन, लगातारको वर्षापछि जिललका दर्जनबढी वस्ती पहिरोको जोखिममा परेका छन । पहिरोले बेनी नगरपालिकाको बगरफाँट,तोराखेत, बाँस्कुना, चिप्लेटी, पात्लेखेत, मालिका गापाको ओखरवोट, धौलागिरी गापा लम्सुङ, दर, लुलाङ, रघुगंगा गापाको बान्दुक, चौरखानी, रायखोर, दग्नाम, मंगला गापाको खस्रुपानी, र शिखको तल्लो गाउँ पहिरोको उच्च जोखिममा छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
