FLASH NEWS
  • Loading...

छोरी बलात्कार गर्नेलाई ४१ बर्ष कैद

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३२४ पटक पढिएको
छोरी बलात्कार गर्नेलाई ४१ बर्ष कैद

१२ बर्षिया छोरी बलत्कार गर्ने एक बावुलाई जिल्ला अदालतले ४१ बर्ष कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

नयाँ संहिता अनुसार एक महिना अघि कसुर ठहर भैसकेकामा वादी र प्रतिवादीका वकिलहरुको समेत रायप्रतिवेदन अध्ययनपछि शुक्रवार जिल्ला न्यायाधिस राजकुमार कोईरालाको इजलासले सँजाय निर्धारणगरी ४१ बर्ष कैद र ५० हजार क्षतिपूति भराउने फैसला गरेको हो ।

मालिका गाउँपालिका, ५ का ५३ बर्षिय परिवर्तित नाम वलवीरले ०७५ भदौ ९ गते शनिवार दिउँसो ३ बजे आप्mनै घरमा १२ बर्षिया छोरी परिवर्तित नाम ४७(२)लाई बलात्कार गरेका थिए ।

मुलुकी अपराध संहिता ०७४ मा बाबुछोरी विच हाडनाता करणी भए जन्मकैद (२५ बर्ष) जेल सँजाय हुन्छ । बलत्कार भए छुट्टै १६२० बर्ष कैद सँजाय हुने ब्यवस्था छ । बलत्कारी बाुबुले अदालतमा साविती बयान गरेकोले पुनरावेदनको संभावना नरहेको कानुन ब्यवसायीले बताएका छन ।