FLASH NEWS
  • Loading...

अफगान राष्ट्रपतिको कार्यालयमा तालिबान लडाकु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४८ पटक पढिएको
अफगान राष्ट्रपतिको कार्यालयमा तालिबान लडाकु

आइतबार बिहान तालिबान लडाकु राजधानी काबुलतिर लागेका थिए। दिनभर अफगान सरकार र तालिबानबीच सत्ता हस्तन्तरणका लागि वार्ता भएको थियो।

अफगान राष्ट्रपति असरफ गनीले आइतबार साँझ देश छोडेका थिए। उनले रक्तपात रोक्न देश छाडेको जनाएका छन्।

त्यसलगत्तै तालिबान कमान्डर र लडाकु राष्ट्रपति कार्यालयले प्रवेश गरेका हुन्। उनीहरुले राष्ट्रपति बस्ने कुर्सीमा बसेर खिचेका तस्वीर बाहिर आएका छन्।

राष्ट्रपतिको कार्यालय प्रवेशपछि तालिबान प्रवक्ताले देश कब्जामा लिएको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। अब युद्ध सकिएको समेत तालिबान प्रवक्ताले जनाएका छन्।

अमेरिकी सेना फिर्ता भएपछि तालिबानले शहर कब्जा लनि शुरू गरेको थियो। तालिबानले अमेरिकी सेना फिर्ता भएको केही दिनमै अफगानिस्तानलाई कब्जामा लिएको छ।