- Loading...
कोरोनाबाट एक बालिकासहित गण्डकीमा थप ९ जनाले ज्यान गुमाए
- पुनहिल डट कम
- ३ साल अघि
- १४१ पटक पढिएको

कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा गण्डकीमा थप ९ जनाले ज्यान गएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत आठ जना र होम आइसोलेसनमा रहेका एक जना गरी नौ जनाको कोरोनाबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक १६ वर्षीया बालिकासमेत रहेकी छन् । कोरोना संक्रमण पुष्टि भई पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत स्याङ्जा पुतलीबजार २ की १६ वर्षीया बालिकाको उपचारकै क्रममा आज शनिबार मृत्यु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार उहाँमा हिजो शुक्रबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भइ पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गोरखा भीमसेनथापा गाउँपालिका – ८ का ७२ वर्षीय पुरुष र बागलुङ नगरपालिका १२ की ६४ वर्षीय संक्रमित महिलाको शुक्रबार तथा पोखरा – १० का ९० वर्षीय पुरुष र पोखरा -१६ का ४८ वर्षीय पुरुषको शनिबार उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले उल्लेख गरेको छ ।
त्यस्तै मणिपाल अस्पतालमा उपचाररत पोखरा -२८ का ६० वर्षीय संक्रमित पुरुष र सरुवा तथा संक्रामक रोग अस्पतालमा उपचाररत पोखरा – ५ का ९२ वर्षीय पुरुषको शुक्रबार उपचार कै क्रममा निधन भएको छ । कोरोना संक्रमित म्याग्दी, बेनी – ३ की ८२ वर्षीया महिलाको मेडिप्लस अस्पताल पोखरामा उपचारकै क्रममा शनिबार मृत्यु भएको छ ।
साउन २६ गते कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका पोखरा १७ का ६० वर्षीय पुरुषको शुक्रबार आइसोलेसन मै मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी नवलपुर देवचुली १० की ५० वर्षीय कोरोना संक्रमित महिलाको २८ गते पुरानो मेडिकल कलेज चितवनमा उपचार कै क्रममा मृत्यु भएको निर्देशनालय ले आज पुष्टि गरेको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १८० पुगेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
