FLASH NEWS
  • Loading...

थाकनपोखरीमा सहरी श्वास्थ्य केन्द्र स्थापना

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३६८ पटक पढिएको
थाकनपोखरीमा सहरी श्वास्थ्य केन्द्र स्थापना

बेनीनगरपालिका, ६ थाकनपोखरीमा शहरी श्वास्थ्य केन्द्र स्थापना भएको छ ।

बेनीनगरपालिकाको चार लाख लागतमा औषधी तथा अनमी तहको श्वास्थ्यकर्मी राखेर अग्नीखेत सामुदायीक वनको भवनमा सहरी श्वास्थ्य केन्द्रको शुक्रवार संविधान सभाका पूर्व सभासद गोविन्द पौडेलले उद्घाटन गरे । केन्द्रबाट सामान्य चेक अप तथा औषधी वितरण, खोप र डे«सिङ समेतका सुविधा हुने छन ।

‘नगरपालिकाले विनियोजन गरेको चार लाख रुपैयाँबाट कर्मचारी र औषधी ब्यवस्थागरी हाललाई वन समुहको हलमा स्वास्थ्य केन्द्र स्थापना गरेका छौं’ वडाध्यक्ष कृष्णबहादुर बानियाँले भने, ‘आगामी बर्ष थप बजेट ब्यवस्थागरी केन्द्रको क्षमता विस्तार गर्ने छौं ।’

नगरपालिकाकी स्वास्थ्य संयोजक लिला गौतमको संञ्चालन, वडाध्यक्ष बानिया“को अध्यक्षतामा संञ्चालित शहरी स्वास्थ्य केन्द्र उदुघाटन कार्यक्रमको स्थानिय आमा समुहकी गंगा सुवेदीले स्वागत गरिन । बेनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले केन्द्र संञ्चालन सफलताको सुभकामना ब्यक्ति गरे ।