FLASH NEWS
  • Loading...

म्याग्दीका स्थानीय तहमा कहिले बन्ला विकास योजना ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४७ पटक पढिएको
म्याग्दीका स्थानीय तहमा कहिले बन्ला विकास योजना ?

स्थानीय तहमा विधी र प्रकृयालाई संस्थागत गर्न विद्यमान स्थितिको वस्तुपरक विवरण तयार पारी भविश्यमा कति अवधिमा, कुन योजना कसरी सम्पन्न गर्ने भन्ने मार्ग निर्देशन गर्ने दस्तावेज अर्थात आवधिक विकास योजना बनाउनु पर्ने हुन्छ ।
स्थानीय तहले पनि आवधिक विकास योजना बनाउनु पर्ने कुरा स्थानीय सरकार संञ्चालन ऐनले ब्यवस्था गरेको छ । आवधिक योजना ३ बर्षे, ५ बर्षे, १०, १५, ….वर्षे बनाउन सकिन्छ । आवधिक योजनालाई स्थानीय पालिकाहरुको दुरदृष्टी मानिन्छ ।
संघियता कार्यान्वयन पछि गठित सासकीय स्वरुप अन्र्तगत स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुको पहिलो कार्याकाल समाप्त हुन केही महिना बाँकी रहँदा वल्न म्याग्दीका स्थानीय तहले आवधिक योजना निर्माण थालेका छन ।
बेनी नगरपालिका, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाले आवधिक विकास योजना निर्माण थालेको बताएका छन । सहरी र भौगोलिक रुपमा सुगम क्षेत्रका स्थानीयले आधिक योजना बनाउँदै भएपनि दुर्गम र पिछाडिएको भुगोल समेटिएका धवलागिरी र रघुगंगाले भने आवधिक योजना तयार पारेका छन ।
बेनी नगरपालिकाले आवधिक योजना अन्तिम चरणमा पुगेको जनाएका छन । बेनी नगरपालिकाले आवधिक योजना निर्माण गर्न आआईडिएस कन्सल्टेन्सी काठमाण्डौ नियुक्त गरेको छ ।
‘हामी आव ०७८/०७९–०८३/०८४ प्रथम बेनीनगर विकास आधिक योजना निर्माण अन्तिम चरणमा छ’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘दशैं अघि नै सार्वजनिक गर्छौं ।’
मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलका अनुसार मालिका गापाले आवधिक योजनाको वल्न आधारपत्र तयार पारेको जनाएको छ । कोरोना कहरको कारण गत आवमा योजना निर्माण हुन नसकेकोले कन्सल्टेन्सीसँगको सम्झौता नविकरण गरी काम थालेको भनेको छ ।
भने अन्नपूर्ण गाउँपालिकाले गण्डकी प्रदेश प्रशासनिक प्रतिष्ठानको साझेदारीमा परामर्शदाता नियुक्त भै भर्खर आधारपत्र बनाउने प्रकृया सुरु गरेको जनाएको छ ।
‘हामीले प्रथम आवधिक पञ्चवर्षिय विकास योजना निर्माण चरणमा छौं । कोरोना कहरका विच परामर्शदाताले विषयगत शाखामा रहेर तथ्याङ्क लिने काम गरिरहेका छन’ अन्नपूर्ण गापाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले भने, ‘जनप्रतिनिधीले जाँदाजाँदै तयार पारेको आवधि योजना आउने जनप्रतिनिधीकालागी मार्गनिर्देश हुने छ ।’
स्थानीय तहमा उपलब्ध साधन, श्रोत र क्षमताको प्रयोग गरी स्थानीय सरकारले आफ्ना भावि योजना तयार पार्न आवधिक विकास योजना निर्माण गर्ने गर्छन । त्यसैविच धवलागिरी गापाले आव ०७७/०७८–०७९/०८० तीन वर्षिय प्रथम आवधिक विकास योजना निर्माण गरी सोही योजनामा आधारित भै बजेत कार्यान्वयनमा लगिएको जनाएको छ ।
‘प्रथम आधिक विकास योजना तथा रणनीति तयार पारी कार्यान्वयनमा लगेका छौं’ धवलागिरी गापाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले भने, ‘आवधिक योजनामा सुशासनदेखी जलवायु अनुकुलन, विपत ब्यवस्थापन, लैङ्गीक, सामाजिक समावेशी समेतका सवै विषय समावेश गरेका छौं ।’
त्यस्तै अर्को रघुगंगा गाउँपालिकाले जिल्लामा सवैभन्दा पहिला आवधिक विकास योजना निर्माण गरी कार्यान्वयन गरेको छ । आव ०७५/०७६–०८०/०८१ मै आवधि योजना निर्माण गरेको रघुगंगाले गण्डकी प्रदेश सरकारको साझेदारीमा सुधार गर्ने योजनामा रहेको जनाएको छ ।
‘हामीले तीन वर्ष अघि नै आवधिक योजना निर्माण गरी कार्यान्वयनमा छौं’ घुगंगा गापाका प्रशासकीय अधिकृत अर्मत सुवेदीले भने, ‘वरु सुरु सुरुमा भएकोले सवै विषय समेटिन बाँकी रहेकोले ‘रिभ्यु’ गर्ने सोंचमा छौं ।’