FLASH NEWS
  • Loading...

म्याग्दीमा २५ दिनमा सक्रिय कोरोना संक्रमित दोब्बर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२३ पटक पढिएको
म्याग्दीमा २५ दिनमा सक्रिय कोरोना संक्रमित दोब्बर

स्वास्थ्य कार्यालयले साउन २ गते जारी गरेको विज्ञप्तीमा म्याग्दीमा सक्रिय संक्रमितको संख्या ६४ जना थियो । आज साउन २७ गते जारी गरेको विज्ञप्तीमा सक्रिय कोरोना संक्रमितको संख्या करिव दोब्वर अर्थात १ सय २२ पुगेको छ ।
लक डाउन खुकुलो हुनु कोरोना मुक्त भएको ठान्नु र मास्क नलगाई हिंड्दा आफुलाई ठूलो मान्छे ठान्ने मनोदशाले गर्दा नियन्त्रण्मा आउँदै गएको कोरोना संक्रमण फेरी उकालो लाग्न थालेको हो ।
स्वास्थ्य कार्यालयका अनुसार आज म्याग्दीमा आफै अस्पताल पुगी पिसिआर तथा एन्टी जिन गर्ने मध्य थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्य बेनी नगरपालिकामा ८ जना, मालिका गापामा ४ जना, मंगला गापामा ३ जना, धवलागिरी गापामा २ जना, रघुगंगा गापामा १ जना र छिमेकी जलजलामा १ जनामा संक्रमण पुष्टी भएको हो ।