FLASH NEWS
  • Loading...

सियानालाई कलेजो प्रत्यारोपण गरिने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३३१ पटक पढिएको
सियानालाई कलेजो प्रत्यारोपण गरिने

पित्तथैली र कलेजोको समस्याबाट ग्रस्त ९ महिने बासियानालाई कलेजो प्रत्यारोपण गरिनेलिकालाई कलेजो प्रत्यारोपण हुने भएको छ ।

कलेजो ड्यामेज भै मृत्युसँग संघर्ष गरिरहेकी अन्नपूर्ण गाउँपालिका, ७ औलकी ९ महिनाकी सियाना रन्तिजा मगर बचाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषका एक संस्थापकले कलेजो दिने भएका हुन । जन्मेको ५ महिनादेखी बालिकामा पित्तथैली र कलेजोमा समस्या देखिएको हो ।

दाताको कलेजोको मुख्य नलिदेखी देव्रेपट्टीको पित्तथैली रहेको भाग झिकेर बालिकाको कलेजोमा प्रत्यारोपण गर्ने योजना छ । बालिका सानी भएकीले ३० प्रतिशत मात्र कलेजो प्रत्यारोपण गर्न लागिएको हो ।

कलेजो प्रत्यारोपणपछि बालिकाको जीवन ८० प्रतिशत सुरक्षित गर्न सकिने र मलाई एक प्रतिशत संक्रमणको जोखिम देखाएका छन’ ति कलेजो दाताले भने, ‘प्रत्यारोपण गरिने ३० प्रतिशत कलेजो रिकभर हुन ६ महिना लाग्ने डाक्टरले बताएका छन । प्रत्यारोपण सफल भैदियोस कामना गर्छु ।’

पोखराको मणीपाल शिक्षण अस्पताल, राजधानीको इन्टरनेसनल प्र्रmेण्डसिप चिल्ड्रेन हस्पिटलले बालिकालाई कलेजो ड्यामेज भएकोले प्रत्यारोपण गर्नु पर्ने भन्दै भारत रिफर गरेका हुन । दिल्लीको सर गंगाराम अस्पतालले बालिकाको कलेजो प्रत्यारोपण गरे ८५ प्रतिशत बचाउन सकिने बताएको छ ।

भारतको नया दिल्ली स्थित सर गंगाराम अस्पतालमा उपचाररत रन्तिजाको आगामी शुक्रवार (फ्रेवुरी १)मा डा.निमेश र डा. विशालसमेतको टोलीले ३० प्रतिशत कलेजो बालिकालाई प्रत्यारोपण गर्न लागेको सायना उपचार अभियानको अगुवा ओमकुमारी शान्ति कोषले जनाएको छ ।

प्रत्यारोपणपछि कलेजो दाता (लिभर डोनर)ले १५ दिन अस्पताल भर्ना भै डाक्टरको प्रत्यक्ष निगरानीमा तथा ६ महिना नियमित चेकअपमा बस्नु पर्ने हुन्छ । विरामीले भने ६ महिनासम्म अस्पतालमै डाक्टरको प्रत्यक्ष निगरानीमा रही उपचार गराउने छिन । प्रत्यारोपणको एक बर्षभित्र संक्रमण वा रिजेक्ट हुन सक्छ । एक बर्ष कुनै समस्या नआए बालिका पूर्ण स्वास्थ्य हुने छिन ।

‘हाम्री छोरीको जीवन बचाउन भगवान कलेजो लिएर आएका छन । प्रत्यारोपण सफल भैदिएहुन्थ्यो’ आमा रेश्मा रन्तिजाले भनिन्, ‘भगवान प्रतिको आस्था र मानवीयताको भावना सवैमा आवस ।’

आर्थिक विपन्न रन्तिजा परिवार एक्लैले बालिकाको उपचार गर्न नसक्ने भएपछि संञ्चालन गरिएको ‘सियाना बचाउ अभियान’बाट संकलित ३० लाखमध्य २० लाख  खर्च भैसकेको र थप अनुमानित २५ लाख आवश्यक परेको ओमकुमारी शान्ति कोषले जनाएको छ ।

जिल्लामा आर्थिक अभावकै कारण अस्पताल पुग्न नसक्ने र थप उपचार गर्न नसकि ज्यान गुमाउन बाध्य विरामीको उपचारमा सहयोग जुटाउँन मानवीय सेवामा सर्मपित  ‘ओमकुमारी शान्ति कोष’ सकृय छ । ०६१ सालमा हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित ओमकुमारी पुन (शान्ति)को उपचारपछि बचेको १३ लाख रुपैयाँबाट स्थापना गरिएको हो ।

‘शान्ति पुनलाई बचाउन सकेनौं । त्यसैले आर्थिक अभावले उपचार नपाएका विपन्न विरामीको उपचारमा सहकार्य गर्ने निर्णय ग¥यौ । अभियानबाट एक सय ५ जना विरामीको उपचारमा १ करोड ८३ लाख २४ हजारबढी सहयोग जुटाएका छौं’ ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले भने, ‘सियाना रन्तिजा बचाउन कलेजो दाता ब्यवस्थाा गर्ने, दाताको तर्फबाट अस्पतालमा गर्ने सवै खर्च पनि संस्थाले ब्यहोरेका छौं । थप धेरै अप्ठ्यारो परिस्थितीका विरामीको उपचारमा निरन्तर जुट्छौं । एक थुकी सुकी सय थुकी नदी हाम्रो आदर्श अभियान हो ।’