- Loading...
लकडाउनमा बढे वलात्कारका घट्ना
- पुनहिल डट कम
- ३ साल अघि
- २४४ पटक पढिएको

जिल्ला अदालत म्याग्दीले असार २८ र २९ गते दुई दिन बालिका तथा अपाङ्गता भएका महिलालाई जबरजस्ती करणी शिर्षक दर्ता भएका दुई–दुई वटा मुद्धामाथी फैसला गऱ्यो ।
असार २८ गते जिल्ला न्यायाधिस तेजनारायण पौडेलको इजलासले ६ वर्षिया बालिका बलात्कार गरेको कसुरमा बेनी नगरपालिकाका १५ बर्षिय बालकलाई १२ बर्ष ६ महिना कैद र तीन लाख जरिवाना क्षतिपूर्ति दिलाउने आदेश दिए ।
सोही दिन जिल्ला अदालतले मंगला गाउँपालिका, १ का ३३ बर्षिय पुरुषलाई सोही ठाउँकी १३ बर्षियालाई जर्वजस्ती करणी गरेको कसुर ठहर गर्दै २० वर्ष कैद र ४० हजार क्षतिपूर्ति दिलाउने आदेश गरेको छ ।
त्यसैगरी असार २९ गते जिल्ला न्यायाधिस पौडेलको इजलासले अपाङ्गता भएकी महिलालाई जर्वजस्ती करणी गरेको कसुरमा रघुगंगा गाउँपालिका, २ का ५२ बर्षिय पुरुषलाई १० बर्ष कैद र ५० हजार क्षतिपुर्ति भराउने आदेश गरेको छ । पौडेलको इजलासले यस मुद्धामा बलात्कार कसुरमा ८ बर्ष कैद र अपाङ्गता भएकी महिला भएकोले थप २ बर्ष कैद सुनाएको हो ।
न्यायाधिस पौडेलको इजलासले सोही दिन रघुगंगा गापा, २ की महिलालाई बलत्कार गरेको कुसरमा धवलागिरी गापा, ४ का ३३ बर्षिय पुरुषलाई ८ बर्ष कैद र ४५ हजार क्षतिपूर्ति दिलाउने आदेश गरेको छ ।
यी फैसलाहरु अदालतका प्रतिनिधीमुलक आदेश हुन । कोरोना संक्रमणको महामारी र लकडाउनका कहरका विच पनि जिल्लामा बलत्कार, वलत्कार प्रयासका, वालयौन दुरुपयोग, बालविवाह र बालिका बलात्कारका घट्ना धेरै भए ।
अदालतका सहसिलदार एवं सुचना अधिकारी भेषनाथ पौडेलका अनुसार जिल्ला अदालत म्याग्दीमा आव ०७७/०७८ मा जवजस्ती करणी शिर्षकमा दर्ता भएका १६ वटा मुद्धामध्य १० वटा मुद्धामा मात्र फैसला सुनायो । १० वटा मुद्धामध्य २ वटा मुद्धाका आरोपीले सफाई पाए । बाँकी मुद्धामा कसुर सावित भै सवै आरोपीले कैद सँजाय पाएका छन ।
त्यसैगरी जर्वजस्ती करणी प्रयासका ६ वटा मुद्धा दर्ता भएकामा ४ वटा मुद्धाका सवै आरोपीलाई कैद सँजाय पाए । वालयौन दुरुपयोग सम्बन्धी २ वटै मुद्धाका आरोपीले कैद सँजाय पाएका छन । अदालतमा यस वर्ष दर्ता भएको एउटै वालविवाहका मुद्धामा आरोपीले सफाई पाए । एउटा बालिकाको जर्वजस्ती करणी सम्बन्धी मुद्धामा फैसला हुन बाँकी छन ।
त्यसैगरी जिल्ला अदालतमा यस वर्ष दर्ता भएका ५ वटा वहुविवाहसम्बन्धी मुद्धा दर्ता भएकामा ४ वटा मुद्धामा अदालतले फैसला सुनाएको छ । फैसला सुनाईएको बहुविवाहका ३ वटा मुद्धामा केटी मात्र सफाई पाई विवाह बदर भएको छ ।
‘कोरोना संक्रमणको महामारी र लकडाउनका समयमा बालिका, अपाङ्गता भएकी महिलामाथी जर्वजस्ती करणी र करणीका प्रयासका मुद्धा धेरै दर्ता भए । धेरै मुद्धाका कसुर प्रमाणित भै दोषीले कैद सँजाय पाएका छन’ सूचना अधिकारी पौडेलले भने, ‘अदालतले बलत्कार, बलात्कार प्रयास र बालवालिका सम्बन्धी मुद्धालाई निरन्तर सुनुवाईमा राखेर फैसला गर्ने गरेको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
