- Loading...
नवनियुक्त प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनियताको शपथ
- पुनहिल डट कम
- ३ साल अघि
- १४१ पटक पढिएको

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
सर्वोच्च अदालतको परमादेश बमोजिम मंगलबार राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
योसँगै प्रधानमन्त्री देउवाले ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री देउवासँगै नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गृहमन्त्रीमा कांग्रेसका नेता बालकृष्ण खाँड, अर्थमन्त्रीमा माओवादीबाट जनार्दन शर्मा, कानूनमन्त्रीमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र उर्जामन्त्रीमा माओवादीबाट पम्फा भुसालले शपथ लिएका छन् । अन्य मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
