FLASH NEWS
- Loading...
बाढीपहिरोबाट मंगला र मालिकामा ९ घर विस्थापित
- पुनहिल डट कम
- ३ साल अघि
- २७२ पटक पढिएको
बुधवार विहान २ बजे परेको भारी वर्षापछि आएको बाढीपहिरोले घरमा क्षति पुऱ्याउँदा मंगला गाउँपालिका, ५ छिस्वाङका ६ घरपरिवार र मालिका गाउँपालिका दुखुमा ३ घरपरिवारका ११ जना महिलासमेत २६ जना विस्थापित भएका छन ।
सोही पहिरोमा परि मंगला गापा, ५ छिस्वाङमा गजिन रोका (२२) र उनकी श्रीमति विना रोका (१९)को घरमा पुरिएर मृत्यु भएको थियो ।
त्यसैगरी रातभर परेको भारी वर्षापछि बेनी–दरवाङ सडकको बेनी नगरपालिका, ४ फापरखेत पहिरो र मालिाका गापा, ६ बाङ्गेपहिरो तथा बेनी–जोमसोम सडक अन्र्तरगत रघुगंगा गापा, ३ पिप्लेको गलेश्वर, चमेरे, बैसरी र अन्नपूर्ण गापाको रुप्से तथा काप्रे भिरको पहिरो हटाई अवरुद्ध यातायात संञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरेन्द्र गुरुङ्ले बताए ।
प्रतिक्रिया दिनुहोस