- Loading...
काँडेमा ट्याक्सी दुर्घटनाहुँदा म्याग्दीका चार यात्रु घाईते
- पुनहिल डट कम
- ३ साल अघि
- १८१ पटक पढिएको

बेनीबाट यात्रु लिएर पोखरा तर्फ जाँदै गरेको ट्याक्सी र पोखराबाट नयाँपुलतर्फ जाँदै गरेको बस आज दिउसो सवा १२ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका ३ काँडेमा एक आपसमा ठक्कर खाँदा म्याग्दीका चार यात्रु घाईते छन् ।
ग १ ख ८१५५ नम्बरको बस र ध १ ज ४३० नम्बरको ट्याक्सी ठक्कर खाँदा ट्याक्सीका चालकसहित ४ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा म्याग्दी जिल्लाको मालिका गाउँपालिका ३ दरवाङका ट्याट्याक्सी चालक, रघुगंगा गाउँपालिका १ की मनदेवी खड्का क्षेत्री र छे बहादुर खड्का क्षेत्री तथा बेनी नगरपालिका ९ का किसान खत्री रहेका छन् । उहाँहरुकाे पाेखरास्थित अस्पातालहरुमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
मणिपाल अस्पतालमा उपचार हुँदै गरेकाे चालकको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी क्षेत्रीद्धयको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उहाँहरुको अवस्था मध्यम रहेको छ । अर्का घाइते खत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको पनि अवस्था मध्यम रहेको जनाइएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नावय उपरीक्षक श्रवण कुमार बि.क.ले दिएको जानकारी अनुसार सवारी साधन र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
