FLASH NEWS
  • Loading...

सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय निर्माण अन्तिम चरणमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५७ पटक पढिएको
सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय निर्माण अन्तिम चरणमा

बेनी नगरपालिका, ४ स्थित तातोपानीमा साउना स्नान, थेरापी र योगालाई जोडेर निर्माणाधिन प्राकृतिक चिकित्सालय अन्तिम चरणमा पुगेको छ ।
कोरोना कहरका विच जारी निषेधज्ञाको कारणले प्राकृतिक चिकित्सालयमा राख्ने होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापीका सामाग्री ढुवानी रोकिएकोले प्राकृतिक चिकित्सालयको पूर्ण सेटअप हुन सकेको छैन ।
‘तातोपानीमा प्राकृतिक चिकित्सालय संञ्चालनको अन्तिम तयारीमा छौं । होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी गराउने उपकरण काठमाण्डौमा प्याकिङ भैसकेको भएप्नि निषधज्ञाको कारण ल्याउन समस्या भएको छ’ चिकित्सालय निर्माण गरिरहेको तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव कृष्ण खड्काले भने, ‘परिस्थिती सहज भए १५ दिनमा सेटअप भै प्राकृतिक चिकित्सालयको सेवा सुरु गर्न सक्छौं ।’
यी तातोपानीका कुण्डमध्य हाडजोर्नी, चोटपटक लागेको, छाला रोग र ग्यास्टिक समेतकाा रोगहरु निको भएको अनुभवको आधारमा तातोपानी स्नान आफैमा प्राकृतिक उपचार थियो । त्यसैमा होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र योगा जोडेर उपचार गर्न थालिएको हो ।


प्राकृतिक चिकित्सालय निर्माण गर्नसंघिय सरकारको ५० लाख लागतमा चिकित्सालय संञ्चालन गर्न भवन निर्माण भैसकेको छ । छुट्टै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले ५० लाख बजेटबाट होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक तथा योगा तर्फका सामाग्री गर्न टेण्डर भएको हो ।
कुनै औषधी प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने प्रभावकारी र हानीरहित उपचार विधी हो, प्राकृतिक चिकित्सा । शारीरिक, मानसिक, नैतिक र अध्यात्मिक रुमा मान्छेलाई तन्दुरुस्ती प्रदान गर्ने प्राकृतिक चिकित्सामा आफैमा एक अनौठो प्रणाली हो ।
प्राकृतिक उपचारमा भोजन, माटो, मालिस (थेरापी), वायु र पानी चिकित्सा विधी प्रमुख हुन । प्राकृतिक उपचारमा पहिलो सर्त भोजनलाई नै रोगमुक्त बनाउने हो । सात्विक, तामासिक र राजशी खाना मध्य सात्वीक खानामा जोड दिईन्छ । आहार–विहार र विचारको सही सन्तुलन र उपयोग नहुँदा मानव शरिर रोगी वनाउने भएकोले खाना नै ओखती हो भन्ने मान्यता राखिन्छ । स्वस्थ्य र सन्तुलित भोजन निरोगी जीवनको आधार भन्ने मान्यता प्राकृतिक चिकित्सामा मात्र हाईन, आर्युवेदीक, होमियोपेथिक र यलोपेथिक सवै उपचारमा बढी ध्यान दिईन्छ ।
‘शरीर र प्रकृति पनि पञ्चतत्वले बनेको छ । प्रकृति र शरीर आपसमा एकाकार छन । त्यसैले शरीरलाई रोगमुक्त बनाउन अग्नी, आकास, जल, वायु र पृथ्वी (माटो)को प्रयोगबाट गर्न सकिन्छ’ प्राकृतिक चिकित्सक डा.विनोद पौडेलले भने, ‘प्राकृतिक चिकित्साले शारिरिक रोग मात्र होईन मानसिक र सामाजिक समस्यामा पनि उपचार गरिन्छ ।’
त्यसैगरी माटोमा खेल्दा, माटोको सम्पर्कमा रहदा शरीरले रोगसँग लड्ने क्षमता बृद्धि हुन्छ । त्यसैले मडस्पा (शरिर हिलो माटोको लेपन) गर्ने, माटोमा खाली खुट्टा हिंड्ने आदी विधीद्धारा उपचारमा माटो चिकित्सा प्रयोग गरिन्छ । स्वास्थ्यकालागी सवैभन्दा जरुरी कुरा ताजा हावा पनि हो । हाम्रो शरीर जति शुद्ध वायु रहन्छ, उत्ति निरोगी वन्छ । हरियाली र शान्त वातावरणमा हरने तथा योगाको प्रणायाम जस्ता विधीद्धारा पनि विभिन्न उपचार गर्ने गरिन्छ । ध्यान र योगाविधीमा स्वास प्रवाह र पेटका उपचारमा वायु चिकित्सा उपयोगी मानिन्छ ।
हामी बच्चालाई सानैमा तारीको तेलले मालिस गर्छौं । बच्चालाई मात्र होईन, वयस्क मानिसको शरिरमा मालिस गर्दा रक्तप्रवाहमा सहयोग गर्छ । शरिरमा गरिने मालिसका विभिन्न प्रकारमध्य थेरापी एउटा प्रमुख विधी मानिन्छ । त्यहीमध्य तातोपानी स्नान (जल चिकित्सा) एउटा विधी हो । जल चिकित्सामा पानीको गुणको उपयोग गरी मानिसको शारिरिक तथा मानसिक रोगको उपचार गरिन्छ । पानीबाट हिपवाथ, साउना वाथ, स्टीमवाथ र स्पिनल वाथ गरिन्छ । परम्परादेखी यहाँका तातोपानी कुण्डमा साउना वाथ र स्टीम वाथ गर्ने गरिएको छ ।
पृथ्वीको धेरै तल पुगेको पहाडका ढुङ्गगा भित्री म्याग्माले तातेको ढुङ्गामा पानीको मुल सम्पर्कमा पुग्दा तलको वाफले धकेलिएर बाहिर निक्लने तातोपानीमा डुबेर आरोग्यता हासिन पनि वैकल्पिक उपचार पद्धति मानिन्छ ।


‘परम्परादेखी नै हाम्रा पुर्खाहरुले तातोपानीको कुण्डमा शरिर डुवाएर विभिन्न रोगको उपचार गराउँथे । हाम्रोमा मात्र होईन तातोपानीको कुण्डमा स्नानगरी स्वास्थय लाभ लिने चलन विश्वभर रहेछ । त्यसैले यहाँको तातोपानीमा परम्परादेखी गरिदै आएको प्राकृतिक उपचारमा थेरापी, योगा र आहार–विहारको ज्ञान थपेर प्राकृतिक चिकित्सालयको स्वरुपमा विकास गर्न खोजेका हौं’ गण्डकी प्रदेश सरकारकी तत्कालिन सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन, ‘तातोपानीमा ध्यान, योगा, मेडिटेसन र थेरापीहरु सहितको प्राकृतिक चिकित्सालय संञ्चालन गर्दा वयलनेस पर्यटनमा पनि बृद्धी हुने छ ।’
आरोग्यताकालागी परम्परादेखी नै संसारभर प्राकृतिक तातोपानीका कुण्डमा नुहाउने क्षतातोपानी कुण्ड स्नान गर्ने गरिन्छ । तातोपानीको कुण्डमा डुबुल्की लगाएर नुहाउने गर्दा छाला, हाडजोर्नी, ग्यास्टिक समेतकाा रोगहरु निको भएको अनुभवको आधारमा प्राकृतिक चिकित्सामा तातोपानी कुण्ड स्नान तर्फ आर्कषण वढ्दो छ ।
तातोपानीको कुण्डमा डुबेर स्थानगरी गरिने प्राकृतिक चिकित्साले संसारभर वेलनेस र रिक्रिएसन पर्यटन र शारिरिक तथा मानसिक स्वास्थ्य लाभकालागी तातोपानीका कुण्ड खोज्दै डुबुल्कि मार्ने, नुहाउन आउने क्षतातोपानी कुण्ड यात्री (जियोथर्मल टुरिष्ट) को रुपमा विकास भैरहेको छ ।
यहाँको तातोपानीमा डुब्न पूर्व प्रधानमन्त्री झलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दहाल (प्रचण्ड), नेता रामचन्द्र पौडेल, गृहमन्त्री रामबहादुर थापा समेतका हाईप्रफाईलहरु आएका छन ।
यहाँका एलोपेथिक औषधीय उपचारबाट सञ्चो हुन नसकेका विरामी प्राकृतिक चिकित्सा मानिएको तातोपानीको कुण्डमा डुबेर उपचार गराउँदा लाभ पुगेको धेरै अनुभव छन । विरामीको तातोपानीमा डुबेर निको भएको वचन विज्ञापनकै आधारमा वर्षेनी सयौं विरामी यहाँ आउने गरेका छन । पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विरामी पत्नी सीता लिएर तातोपानीको कुण्डमा प्राकृतिक उपचार गराउनुले प्रष्ट पारेको छ ।
‘ठूला अस्पताल चाहरेर लाखौं रुपैया खर्च गर्दा पनि उपचार हुन नसकेपछि निराश भएका विरामी यहाँको तातोपानीमा डुवेर प्राकृतिक उपचार गराउँदा ठिक भएका सयौं जनाको अनुभव छ । देशका प्रधानमन्त्रीहरु, ठुला नेता र प्रशासकहरु नै यहाँ डुब्न आउने गरेका छन’ स्थानीय कौप्रसाद वुढाले भने, ‘अहिलेसम्म विरामी तातोपानीमा डुब्ने मात्र गर्थे , अव उनीहरुलाई रोग हेरीकन तालिम प्राप्त प्रशिक्षकद्धार थेरापी, योगा र मेडिटेसन पनि गराउने प्राकृतिक चिकित्सालय बनाउने तयारीमा जुटेका छौं ।’
म्याग्दी जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दी खोला किनारामा ८ स्थानमा प्राकृतिक तातोपानीका मुलहरु छन । यहाँका स्थानीयले भने परम्परादेखी नै तातोपानीमा डुबुल्की मारेर (हट वाटर स्पा गरी) प्राकृतिक उपचार गर्थे । यी मध्य बेनी नगरपालिका, ४ स्थित म्याग्दी खोला किनाराको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका, २ स्थित कालीगण्डकी किनारको भुरुङ–तातोपानीको मुहान बढी प्रख्यात छन । सिङ्गा तातोपानीमा विरेनुन र भुरुङ्ग र नारच्याङ्ग तातोपनीमा नुनको गन्ध र स्वाद पाईन्छ । अन्य स्थानका तातोपानी भने गन्ध रहित छन ।
‘हाडजोर्नी, पेटढुस्स हुने रोगकालागी तातोपानी बढी उपयोगी छ’ म्याग्दी अस्पतालका डाक्टर नवराज वास्ताकोटीले भने, ‘एलोपेथिक उपचारमा पनि कतिपय रोगको उपचार गर्दा तातोपानीले सेक्न लगाउँछौं । र यो उपचार पद्धति वैज्ञानिक पनि छ ।’
नेपालमा भेटिएका तातोपानीमध्य सवैभन्दा बढी म्याग्दीमा ९ स्थानमा तातोपानीका मुहान छन । म्याग्दीमा पाईएका तातोपानीमध्य सवैभन्दाबढी अन्नपूर्ण गापा,६ रातोपानी स्थित तातोपानीको तापक्रम ७३ डिग्री सेल्सियस, भुरुङ्ग तोापानी ७१ डिग्री, सिङ्गा तातोपानीको तापक्रम ५५ डिग्री रहेको छ ।