- Loading...
बेनी नगरपालिकाको निती, कार्यक्रम तथा बजेट सार्वजनिक
- पुनहिल डट कम
- ३ साल अघि
- १५५ पटक पढिएको

बेनी नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ को निती तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
बेनी नगरपालिकाको विहिवार आयोजित नवौं नगरसभामा उपमेयर सन्जु बरुवालले ६६ करोड ५ लाख ६७ हजारको आयब्ययको अनुमान सार्वजनिक गरेकी हुन । सार्वजनिक गरिएको बजेटमा बेनी नगरपालिकाको चालु तर्फ ४२ करोड ७८ लाख ८२ हजार र पुँजीगत तर्फ २३ करोड २६ लाख ८५ हजार बजेट विनियोजन गरिएको छ ।
सार्वजनिक बजेटमा आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्न १ करोड ४० लाख, सामाजिक कार्यक्रममा १ करोड ७५ लाख, पूर्वाधार कार्यक्रम संञ्चालन गर्न ३ करोड ५० लाख, वातावरण तथा विपद ब्यवस्थापनमा ७५ लाख, संस्थागत एवं शुसासन तर्फ ३० लाख विनियोजन गरिएको छ ।
बेनी नगरपालिकाका जनप्रतिनिधीले कार्यकालको अन्तिम बजेटलाई चुनावी बजेटको स्वरुप दिन वडागत रुपमा एकमुष्ठ विनियोजन गरेको छ । सो अनुसार १, ४, ६ र १० वडालाई ६५/६५ लाख, ७ र ८ वडालाई ६०/६० लाख र २, ३, ५ र ९ वडालाई ७०/७० लाख बजेट विनियोजन गरिएको छ ।
बजेटमा कोरोना ब्यवस्थापन गर्न ५० लाख र मनसुनजन्य गतिविधीबाट क्षतिग्रस्त सडक मर्मत गर्न ७० लाख तथा विविध कार्यक्रम संञ्चालन गर्न ३ करोड ८५ हजार विनियोजन गरिएको छ ।
नगरसभामा मेयर हरीकुमार श्रेष्ठले आव ०७८/०७९ को ८ वुंदे निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरसभा सदस्यहरुलाई नीति तथा कार्यक्रम र बजेट अध्ययनपछि असार १३ गते निर्णयार्थ पेश हुने गरी स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘नीति तथा कार्यक्रम र बजेटमा सशोधन गर्नु पर्ने भए नगरसभा सदस्यहरुले अध्ययन गर्न र अन्य सरोकारवालाई पनि सुझाव दिन सजिलोकालागी समय दिईएको हो । सामान्यता बजेटको यो प्रकृया पनि हो ।’
अन्तर सरकारी वित्तिय व्यवस्थापन ऐन–२०७४ को दफा २१ ले सवै स्थानीय सरकारहरुले असार १० गते भित्र आफ्ना नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नु पर्ने ब्यवस्था गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
