- Loading...
सर्वोच्चको फैसला अप्रत्यासित : एमाले प्रवक्ता ज्ञवाली
- पुनहिल डट कम
- ३ साल अघि
- १४७ पटक पढिएको

सर्वोच्च अदालतको आदेशले पछिल्लो पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जना मात्रै रहेका छन् ।
सर्वोच्चको आदेशबाट २० मन्त्रिहरु पदमुक्त भएपछि सरकारमा प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानून मन्त्री लिलानाथ श्रेष्ठ मात्रै बाँकी रहेका हुन ।
यसैबीच नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आज आएको आदेश अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतले गत जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाई गर्दै आज बदर गरेको हो ।
अब मौजुदा मन्त्रि परिषदमा प्रधानमन्त्री ओलीसहित ५ जना मात्रै रहेका छन् । सर्वोच्चले पछिल्लो पटक थपेका २० मन्त्रिहरुलाई काम नगर्नु, नगराउनु भन्दै आदेश दिएको हो ।
अदालतको फैसलापछि नेकपा एमालेले पार्टीको धारणा बनाउन लागेको बताउँदै ज्ञवालीले भने, फैसलापछि राष्ट्रिय राजनीति जटिल मोडतिर गएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
