- Loading...
स्थानीय तहमा छैन, आपतकालिन नदी नियन्त्रण/पहिरो रोकथाम कार्यक्रम
- पुनहिल डट कम
- ३ साल अघि
- २२६ पटक पढिएको

वर्षको मनुसन भित्रिएसँगै भएको अविरल भारी/अतिभारी वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले तटिय क्षेत्रमा कटान सुरु गरेसँगै सदरमुकाम बेनी, प्रमुख पर्यटकीय स्थल तातोपानी समेतका वस्ती उच्च जोखिममा परेका छन ।
आपतकालिन नदी नियन्त्रण र आपतकालिन पहिरो रोकथाम सम्बन्धी कुनै कार्यक्रम नहुँदा नदीले वस्ती कटान गरेको र पहिरोले घर भत्काएको हेरेर वस्नु वाहेक विकल्प देखिएको छ ।
धमाधम नदीले वस्ती कटान गरिरहेको र पहिरोले घर बगाउने अवस्थामा तत्काल नदीको धार रोक्न वा पहिरो रोक्न ग्याभिन जाली राख्नु पर्ने हुन्छ तर जिल्लाका स्थानीय, प्रदेश र संघिय सरकारका निकायले जोहो नगर्दा वेकम्मा भएका छन ।
निर्माणाधिन बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडकले विस्तार गर्ने क्रममा भैरहेको तटवन्ध भत्काई नयाँ निर्माण ढिलाई गर्दा संसारकै गहिरो अन्धगल्छीमा अवस्थित पर्यटकीय वजार तातोपानी कालीण्डकीले कटान गर्न थालेको छ ।
निर्माणाधिन तटवन्ध भत्काउँदै नदीले तातोपानीदेखी नागढुङ्गासम्मको करिव ३ सयमिटर बेनी–जोमसोम सडक कटान गरी वस्ती पस्न थालेको हो ।
‘प्रहरी नै असुरक्षित छ । बाढीको कटानको पहिलो जोखिममा तातोपानी स्थित सीमा प्रहरी चौकी छ । पानी पऱ्यो भने हातहतियार, गोलीगठ्ठा र महत्वपूर्ण कागजपत्र लगेर ब्यक्तिको घरमा सुरक्षित गर्छौं’ जिल्ला प्रहरी कार्यालयका प्रमख प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भने, ‘ठेकदारलाई काममा लगाउन राज्य असफल छ । ठेकदारले तटवन्ध नलगाउँदा यही ठाउँमा गत वर्ष पनि कटान गऱ्यो, यो वर्ष पनि वितण्डा सुरु गरेको छ ।’
त्यसैगरी बाढीपहिरोको उच्च जोखिमयुक्त सदरमुकाममध्य एक, बेनीबजार संरक्षण गर्न लगाईएको तटवन्धलाई कालीगण्डकी नदीको बाढीले भत्काउन थालेको छ ।
कालीगण्डकीको बाढीले बेनीको कालिपुल स्थित मुस्ताङ वसपार्क छेउमा करिव ३० मिटर तटवन्धी आधा खसालेको छ । त्यसैगरी बेनीको क्षत्री समाजको कार्यालय मुनी लगाईएको ग्याभिनको तटवन्ध भत्काएर कटान सुरु गरेको छ ।
‘जिल्लामा आपतकालिन नदी नियन्त्रण सम्बन्धी कुनै कार्यक्रम र कार्यालय छैनन । यहाँका म्याग्दी र कालीगण्डकी समेतका नदी नियन्त्रणको काम गर्ने निकाय भनेको पोखरा स्थित रुपाताल संरक्षण कार्यालय हो, उस्ले कुनै कार्यक्रम र बजेट नभएको भनि पन्छन्छ’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले निरिहता पोखे । प्रजिअ अधिकारीले भने, ‘मनसुनजन्य विपदको उच्च जोखिममा रहेको सदरमुकाम भनेर बजेटमा उल्लेख हुन्छ । तर ब्यवहारमा कि गाउँपालिकाको क्षमताले रोक्न सकिएला नत्र भगवान भरोसा छ ।’
त्यस्तै धौलागिरी हिमालबाट झर्ने म्याग्दी खोलाले पश्चिम मालिका गाउँपालिका केन्द्र रहेको दोस्रो ठूलो ब्यापारिक बजार दरवाङ बजार कटान थालेको छ । बजार संरक्षण गर्न लगाईएको तटवन्ध भत्काएर बाढीले कटान थालेको मालिका गापा, ६ दरवाङका वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
