- Loading...
कालीगण्डकीमा लगातार जलसतह बढ्दै
- पुनहिल डट कम
- ३ साल अघि
- २१३ पटक पढिएको

हिमारपारीको मुस्ताङमा भारी वर्षापछि खहरेमा आएको बाढी मिसिएपछि कालीगण्डकी नदीमा लगातार जलसतह बढ्दै गएको छ । कालीगण्डकीमा आएको तटिय वस्तीमा जोखिम बढाएको छ ।
मुस्ताङ्गका थासाङ, घरपझोङ्ग र बाह्गाउँमुक्ति क्षेत्र गाउँपालिका क्षेत्रमा विहिवार दिउँसो १२ बजेपछि लगातार भैरहेको ठूलो वर्षापछि त्यहाँका बढेका खहरे खोलामा मिसिएपछि कालीगण्डकीमा बाढी आएको हो ।
उर्जा, जलश्रोत तथा सिंचाई विभागको वेभसाईटले नियमित अपडेट गर्ने अन्नपूर्ण गाउँपालिका, ६ रातोपानी स्थित वर्षा तथा बाढी मापन केन्द्रले दिएको विवरण अनुसार विहिवार साँझ ७ बजे कालीगण्डकीमा सल सतह ४.२३ मिटर भएकोमा ८ बजे बढेर ४.३१ मिटर र ९ वजे थप बढेर ४.३५ मिटर पुगेको देखिएको छ । यहाँको बाढी मापन केन्द्रले कालीगण्डकीको सतर्कता तह ५ मिटरलाई मानेको छ । हालसम्म कालीगण्डकी नदीमा जलसतह सर्तकता तह मुनी नै रहेको देखिएको छ ।
‘मुस्ताङ्को मुक्तिनाथदेखी तल्लो क्षेत्रमा दिउँसोदेखी लगातार ठूलो वर्षा भैरहेको छ । खहरेहरु बढेर कालीगण्डकीलाई जित्ने भएका छन’ मुस्ताङ्की प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले भनिन, ‘तल्लो क्षेत्रमा सतर्क रहन आवश्यक छ ।’
जल तथा मौषम विभागको वेभसाईटले जोमसोम स्थित वर्षा मापन केन्द्रको देखाएको विवरणमा जोमसोम क्षेत्रमा पछिल्लो एक घन्टा (विहिवार साँझ ९ वेज)मा ३ं.६ मिलिमिटर पानी परेको छ । त्यसैगरी पछिल्लो ६ घन्टामा २३ मिलिमिटर वर्षा भएको हो । सामान्यतया छायाँ वृष्टी हुने मुस्ताङ्गमा परेको वर्षाको यो मापनले भारी वर्षालाई जनाउँछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
